फिलिप्पी 1:29-30
फिलिप्पी 1:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्नुपर्छ, र त्यही सङ्घर्ष जो तिमीहरूले ममा देख्यौ र मसँग छ भनी अहिले सुन्दछौ, त्यसैमा तिमीहरू लागेका छौ।
फिलिप्पी 1:29-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि ख्रीष्टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्ट पनि भोग्नुपर्छ। किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।
फिलिप्पी 1:29-30 पवित्र बाइबल (NERV)
परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ। जब म तिमीहरूसित थिएँ मैले गरेको सङ्घर्ष तिमीहरू जान्दछौ अनि अहिले मैले गर्दै गरेको सङ्घर्ष बारे पनि सुन्दैछौ। तिमीहरूको पनि त्यस्तै संघर्ष छ।
फिलिप्पी 1:29-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले ख्रीष्टमा विश्वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ। बितेका दिनहरूमा जोसँग म लडेको तिमीहरूले देखेका थियौ, तिमीहरूले सुनेझैँ त्यससँग म अझ लड्दै छु र अब यस लडाइँमा तिमीहरूले मलाई साथ दिंदै छौ।