फिलिप्पी 1:27-29

फिलिप्पी 1:27-29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केवल तिमीहरूका जीवनको चाल ख्रीष्‍टका सुसमाचारको योग्‍य होस्‌। म चाहे आएर तिमीहरूलाई देखूँ, चाहे अनुपस्‍थित रहूँ, म तिमीहरूका बारेमा यही कुरा सुन्‍न चाहन्‍छु, कि तिमीहरू एउटै आत्‍मामा दृढ़ बनी खड़ा भएका छौ, र एउटै मनका भई सुसमाचारको विश्‍वासको निम्‍ति मिलेर परिश्रम गर्दछौ, र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो। किनभने ख्रीष्‍टको निम्‍ति तिमीहरूलाई यो दिइएको छ, कि तिमीहरूले उहाँमाथि विश्‍वास गर्नु मात्र होइन, तर उहाँको खातिर दुःख पनि भोग्‍नुपर्छ

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:27-29 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ। तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो। किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:27-29 पवित्र बाइबल (NERV)

होशियारी हौऊ कि तिमीहरूको जीवन ख्रीष्टको सुसमाचारसित मिल्दो होस्। तब मात्र म तिमीहरूकहाँ आए पनि, तिमीहरूदेखि टाडै बसे पनि तिमीहरू बारे राम्रै कुरा सुन्नेछु। तिमीहरू एउटै उद्देश्य लिएर अघि बढ़दैछौ र सुसमाचारबाट रहेको विश्वासको निम्ति एक भएर काम गर्दैछौ भन्ने म सुन्नेछु। अनि आफ्ना विरोधीहरूसित तिमीहरू कुनै प्रकारले पनि डराउने छैनौ। यी सब परमेश्वरका प्रमाणहरू हुन् कि तिमीहरू बचाइनेछौ र तिमीहरूका शत्रुहरू हराइनेछन्। परमेश्वरले तिमीहरूलाई ख्रीष्टमा विश्वास गर्ने सहुलियत दिएकाछन्। तर त्यही अन्त होइन। परमेश्वरले तिमीहरूलाई ख्रीष्टको निम्ति दुःख भोग्ने सहुलियत पनि दिनु भएकैछ। यी दुवैले ख्रीष्टमा महिमा ल्याउँछ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्

फिलिप्पी 1:27-29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मुख्‍य कुराचाहिँ यही नै हो, ख्रीष्‍टको सुसमाचारलाई सुहाउने तिमीहरूको चालचलन होस्। यसकारण मैले तिमीहरूलाई भेटे पनि, नभेटे पनि तिमीहरू एउटै उद्देश्‍य लिई स्‍थिर भएर एउटै इच्‍छामा सुसमाचारको विश्‍वासको निम्‍ति लड्दै छौ भन्‍ने मैले सुन्‍न पाँऊ। तिमीहरू आफ्‍नो विरोधीहरूदेखि नडराओ। सधैँ आँटिला होओ, यसले विरोधीहरूको हार र तिमीहरूको उद्धार हुन्‍छ भन्‍ने देखाउँछ। परमेश्‍वरले नै तिमीहरूलाई उद्धार गर्नुहुनेछ। तिमीहरूले ख्रीष्‍टमा विश्‍वास गर्ने मात्र होइन तर उहाँको लागि दु:ख भोगी उहाँकै सेवा गर्ने अनुग्रह तिमीहरूले पाएका छौ।

शेयर गर्नुहोस्
फिलिप्पी 1 पढ्नुहोस्