फिलिप्पी 1:24-26
फिलिप्पी 1:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर शरीरमा रहन तिमीहरूका खातिर झन् आवश्यक छ। यस कुरामा निश्चित भएर म जान्दछु कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म जीवितै रहनेछु र तिमीहरू सबैसँग बस्नेछु, यस हेतुले कि म फेरि तिमीहरूकहाँ आउँदा मेरो खातिर तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ। म निश्चित भएको छु; यसकारण तिमीहरू सबैको उन्नति र विश्वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु; यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।
फिलिप्पी 1:24-26 पवित्र बाइबल (NERV)
तर तिमीहरूकोलागि यस शरीरमा रहनु धेरै आवश्यक छ। जब यो म जान्दछु म यहीं बस्छु अनि तिमीहरूसित रहन्छु। आत्मिक विकास गराउनु अनि विश्वासबाट आउने आनन्द लिनु म तिमीहरूलाई सहयोग पुर्याउने छु। जब म तिमीहरूसित फेरि हुनेछु मैले गर्दा ख्रीष्ट येशूमा तिमीहरूको आनन्द फेरि उर्लिनेछ।
फिलिप्पी 1:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर तिमीहरूको लागि भने म बाँचिरहनु नै राम्रो हो। मलाई यो पक्का थाहा छ। यसकारण तिमीहरूलाई विश्वासमा उन्नति गराउन र तिमीहरूको आनन्द अझ बढाउन म बाँच्नेछु। म तिमीहरूकहाँ फेरि आउँदा मेरो कारणले तिमीहरूले ख्रीष्ट येशूको अझ बढी जय-जयकार गर्न सक्नेछौ।