फिलिप्पी 1:19-22
फिलिप्पी 1:19-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ। मेरो उत्कट प्रतीक्षा र आशा यो हो, कि म कदाचित् लज्जित हुनेछैनँ, तर ममा प्रशस्त साहस हुनेछ, र सधैँझैँ अहिले पनि मेरो शरीरमा ख्रीष्ट सम्मानित हुनुहुनेछ, चाहे मृत्युद्वारा होस्, अथवा जीवनद्वारा। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो, र मर्नु लाभ हो। यदि शरीरमा नै जिउनु हो भने मेरो निम्ति त्यो फलदायी परिश्रम हुनेछ। तर पनि मैले कुनचाहिँ चुन्नुपर्ने हो, त्यो म भन्न सक्दिनँ।
फिलिप्पी 1:19-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु। म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्ट उच्च पारिनुहुनेछ। किनकि मेरो निम्ति जिउनु ख्रीष्ट हो र मर्नुचाहिँ लाभ हो। यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ!
फिलिप्पी 1:19-22 पवित्र बाइबल (NERV)
तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ। मेरो दृढ इच्छा अनि आशा त्यो हो कि कुनै कुरोमा पनि म ख्रीष्टलाई भुल्ने छैन। म सधैँ आशा गर्दछु जब सम्म म यस शरीरमा रहनेछु ख्रीष्टको महानता देखाउनु अहिले ठूलो आँट पाउनेछु। म मरुँ अथवा जिउँदै रहुँ यो काम गरि रहनेछु। मेरो निम्ति मेरो जीवनको उदेश्य ख्रीष्ट हुन र मृत्युको अर्थ लाभ हो। यदि म शरीरमा बाँचिरहे म प्रभुकोलागि काम गरिरहनेछु। तर कुन छानुँ-जीवन कि मरण? म भन्न सक्दिनँ।
फिलिप्पी 1:19-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु। मेरो कर्तव्यबाट नचुकूँ तर जुनै समय पनि विशेषगरी अहिले म आँटिलो बनेर मरे पनि, बाँचे पनि मेरा सम्पूर्ण जीवनले ख्रीष्टको आदर होस् भन्ने मेरो ठूलो इच्छा र आशा छ किनभने मैले जिउनु नै ख्रीष्ट हो। मर्नु मेरो लागि फाइदाको कुरो हो। तर म यस शरीरमा बाँचेर अझै राम्रो काम हुने भए मर्ने या बाँच्ने, सो छान्न मलाई गाह्रो पर्यो।