फिलिप्पी 1:16-19
फिलिप्पी 1:16-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सुसमाचारको सुरक्षाको निम्ति म यहाँ छु भनी जान्नेहरूले यो काम प्रेमले गर्दछन्, तर शेखी गर्नेहरूले चाहिँ मलाई कैदमा कष्ट थपिदिने विचार गरेर, शुद्ध मनले होइन, तर स्वार्थको भावनाले ख्रीष्टको प्रचार गर्दछन्। जे होस्, मूल कुरो यही हो— हरकिसिमले, चाहे बहानामा, चाहे सत्यमा ख्रीष्टको प्रचार गरिओस्, र यसैमा म रमाउँछु। हो, म रमाउनेछु। किनकि म जान्दछु कि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टका आत्माको सहायताले यो मेरो छुटकाराको निम्ति हुन आउनेछ।
फिलिप्पी 1:16-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्। डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्। तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु। किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु।
फिलिप्पी 1:16-19 पवित्र बाइबल (NERV)
यी मानिसहरूले प्रेमले प्रचार गर्छन कारण तिनीहरू जान्दछन् कि सुसमाचार सुरक्षित राख्न म अह्राइएकोछु। तर अरू वेइमान्दारी र स्वार्थमा ख्रीष्ट विषयमा प्रचार गर्छन् किनभने तिनीहरू सम्झन्छन् कि म झेलखानामा हुदाँ मलाई कष्ट दिनु तिनीहरू सक्षम हुन्छन्। तिनीहरूले मलाई कष्टमा पारे तापनि म पर्वाह गर्दिनँ। तिनीहरूले पनि मानिसहरूलाई ख्रीष्टबारे सुनाउँदैछन्, त्यही महत्वपूर्ण कुरा हो। म चाहन्छु तिनीहरूले प्रचार नै गरून्। म चाहन्छु कि तिनीहरूले राम्रो उदेश्यले यसो गरून्। यदि यो खराब भावनाले भएता पनि म खुशी नै छु कारण तिनीहरूले ख्रीष्ट विषयमा नै प्रचार गर्छन्। अनि म खुशी नै भइरहन्छु। तिमीहरूले मेरो लागि प्रार्थना गर्दैछौ, अनि येशू ख्रीष्टको आत्माले मलाई सहायता गर्छ। यसैले म जान्दछु कि यो सम्पूर्ण कुरोले मेरो मुक्ति ल्याउँछ।
फिलिप्पी 1:16-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कारण तिनीहरूलाई थाहा छ, परमेश्वरले मलाई सुसमाचारको पक्षमा बोल्न खटाउनुभएको छ। अरूहरूले भने सोझो मनले होइन तर मलाई कैदमा हुँदा झन् दु:ख थपिओस् भन्ने नराम्रो विचारले ख्रीष्टको प्रचार गरेका हुन्। जेसुकै होस्, यस बारेमा म त खुसी छु। चाहे राम्रो मनले होस्, चाहे नराम्रो मनले, जसरी भए पनि ख्रीष्टकै प्रचार हुन्छ। किनभने मलाई थाहा छ तिमीहरूको प्रार्थना र प्रभु येशू ख्रीष्टका आत्माले दिनुभएको सहायताले मैले छुटकारा पाउनेछु।