फिलिप्पी 1:1-2
फिलिप्पी 1:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा फिलिप्पीमा भएका बिशपहरू र डिकनहरूसाथै सबै सन्तहरूलाई: परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति।
फिलिप्पी 1:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ख्रीष्ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई: हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
फिलिप्पी 1:1-2 पवित्र बाइबल (NERV)
ख्रीष्ट येशूका सेवक पावल र तिमोथीबाट प्रणाम। ख्रीष्ट येशूमा भएका फिलिप्पीमा बस्ने परमेश्वरको सबै पवित्रजनलाई अनि तिमीहरूको सबै अग्रजहरू तथा विशिष्ट सहायकहरूलाई। पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरू सबैलाई रहोस्।
फिलिप्पी 1:1-2 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
फिलिप्पीमा हुने येशू ख्रीष्टमा भएका पवित्र जनहरू, मण्डलीका देखरेख गर्नेहरू र सेवकहरूलाई हामी येशू ख्रीष्टका कमारा पावल र तिमोथीले यो पत्र लेख्दै छौं। हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई अनुग्रह र शान्ति देऊन्।