सामग्रीमा जानुहोस्

गन्ती 2:17 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 2:17 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्‌। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्‍नो झन्‍डामुनि हरेक मानिस आ-आफ्‍नो ठाउँमा हिँड़ोस्‌।

गन्ती 2 NNRV

गन्ती 2:17 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तब पहिला दुई दल र पछिल्‍ला दुई दलका बीचमा लेवीहरू पवित्र पाल बोकेर हिँड्‍नेछन्। हरेक दल जसरी छाउनीमा बस्‍छ, त्‍यही प्रकारले आ-आफ्‍नो पङ्‌क्तिमा झन्‍डामुनि हिँड्‍नेछ।

गन्ती 2 सरल नेपाली

गन्ती 2:17 NERV (पवित्र बाइबल)

“लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्।

गन्ती 2 NERV

गन्ती 2:17 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्।

गन्ती 2 NCV