गन्ती 2:1-34

गन्ती 2:1-34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, “इस्राएलीहरू प्रत्‍येकले आफ्‍नो परिवारको ध्‍वजाको साथमा आ-आफ्‍नो झन्‍डाको मुन्‍तिर पाल टाँगोस्‌। तिनीहरूले भेट हुने पालका चारैतिर आ-आफ्‍नो पाल टाँगून्‌।” पूर्वतिर घाम झुल्‍कनेपट्टि यहूदाको शिविरका दलहरूले तिनीहरूको झन्‍डाको मुन्‍तिर छाउनी हालून्‌। यहूदाका मानिसहरूका कुलनायक अम्‍मीनादाबका छोरा नहशोन होऊन्‌। गन्‍तीअनुसार तिनको दल ७४,६०० छन्‌। तिनको नजिकै इस्‍साखारको कुलले पाल ठड़्याओस्‌। इस्‍साखारका कुलनायक सूआरका छोरा नतनेल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५४,००० छन्‌। त्‍यसपछि जबूलूनको कुल होस्‌। जबूलूनका कुलनायक हेलोनका छोरा एलीआब होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५७,४०० छन्‌। यहूदाको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,८६,४०० छ। यिनीहरू नै अगिअगि हिँड़ेर जानेछन्‌। दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌। रूबेनका मानिसहरूको कुलनायक शदेऊरका छोरा एलीसूर होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४६,५०० छन्‌। तिनको नजिकै शिमियोनको कुलले पाल ठड़्याओस्‌। शिमियोनका मानिसहरूका कुलनायक सूरीशद्दैका छोरा शलूमीएल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५९,३०० छन्‌। त्‍यसपछि गादको कुल होस्‌। गादका मानिसहरूका कुलनायक दूएलका छोरा एल्‍यासाप होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४५,६५० छन्‌। रूबेनको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,५१,४५० छ। यिनीहरू दोस्रो लश्‍करमा हिँड्‌नेछन्‌। तब छाउनीहरूका बीचमा लेवीहरूको छाउनीको साथसाथै भेट हुने पाल हिँड़ोस्‌। तिनीहरूले पाल टाँगेअनुसार आ-आफ्‍नो झन्‍डामुनि हरेक मानिस आ-आफ्‍नो ठाउँमा हिँड़ोस्‌। पश्‍चिमतिर एफ्राइमको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌। एफ्राइमका मानिसहरूका कुलको कुलनायक अम्‍मीहूदका छोरा एलीशामा होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४०,५०० छन्‌। तिनको नजिक मनश्‍शेको कुल होस्‌। मनश्‍शेका मानिसहरूका कुलनायक पदासूरका छोरा गमलिएल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ३२,२०० छन्‌। त्‍यसपछि बेन्‍यामीनको कुल होस्‌। बेन्‍यामीनका मानिसहरूका कुलनायक गिदेओनीका छोरा अबीदान होऊन्‌। गन्‍तीअनुसार तिनको दल ३५,४०० छन्‌। एफ्राइमको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या आ-आफ्‍नो दलअनुसार १,०८,१०० छ। यिनीहरू तेस्रो लश्‍करमा हिँड्‌नेछन्‌। उत्तरतिर दानको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌। दानका मानिसहरूका कुलनायक अम्‍मीशद्दैका छोरा अहीएजेर होऊन्‌। गन्‍तीअनुसार तिनको दल ६२,७०० छन्‌। तिनको नजिकै आशेरको कुलले पाल ठड़्याओस्‌। आशेरका मानिसहरूका कुलनायक ओक्रानका छोरा पगीएल होऊन्‌। गन्‍तीअनुसार तिनको दल ४१,५०० छन्‌। त्‍यसपछि नप्‍तालीको कुल होस्‌। नप्‍तालीका मानिसहरूका कुलनायक एनानका छोरा अहीरा होऊन्‌। गन्‍तीअनुसार तिनको दल ५३,४०० छन्‌। दानको शिविरमा गनिएकाहरूको जम्‍मै संख्‍या १,५७,६०० छ। यिनीहरूचाहिँ आ-आफ्‍नो झन्‍डामुनि सबैभन्‍दा पछाड़ि हिँड्‌नेछन्‌। इस्राएलीहरूका आ-आफ्‍ना परिवारअनुसार गनिएका यी नै हुन्‌। आ-आफ्‍ना दलअनुसार छाउनीछाउनीमा गनिएकाहरू जम्‍मा ६,०३,५५० छन्‌। तर परमप्रभुले मोशालाई आज्ञा गर्नुभएमुताबिक इस्राएलीहरूका साथमा लेवीहरू गनिएका थिएनन्‌। परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले आ-आफ्‍नो झन्‍डाको नजिक पाल टाँग्‍ने गरे। त्‍यसै गरी आ-आफ्‍ना वंश र परिवारअनुसार तिनीहरू हिँड्‌ने गरे।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्

गन्ती 2:1-34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेहले मोशा र हारूनलाई भन्‍नुभयो: “इस्राएलीहरू प्रत्येकले भेट हुने पालको वरिपरि, त्यसदेखि केही दूरी राखेर तिनीहरूका पारिवारिक निसानाको झण्डामुनि आ-आफ्ना छाउनी बनाऊन्।” पूर्व दिशापट्टि, सूर्योदय हुने दिशातिर: यहूदाका कुलहरूले तिनीहरूका झण्डामुनि छाउनी बनाऊन्। अम्मीनादाबको छोरा नहशोन, यहूदा कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 74,600 हुन्छ। इस्साखारको कुलले यहूदाको छेउमा छाउनी बनाऊन्। सूआरको छोरा नथनिएल, इस्साखार कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 54,400 हुन्छ। जबूलूनका कुल इस्साखारको छेउमा बस्‍नेछ। हेलोनको छोरा एलिआब, जबूलून कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 57,400 हुन्छ। यहूदाको छाउनीमा तिनीहरूका दलअनुसार राखिएका पुरुषहरूको संख्या 1,86,400 हो। तिनीहरू अरू कुलहरूभन्दा पहिला जानेछन्। दक्षिण दिशामा: रूबेनका दलहरू आफ्ना कुलका झण्डामुनि छाउनीमा रहनेछन्। शदेऊरको छोरा एलिसूर, रूबेनका कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 46,500 हुन्छ। तिनीहरूपछि शिमियोनको कुलले छाउनी लगाउनेछ। सूरीशद्दैको छोरो शलूमीएल, शिमियोन कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 59,300 हुन्छ। त्यसपछि गादको कुल हुनेछ। देउएलका छोरा एल्यासाप, गाद कुलका मानिसहरूका अगुवा होस्। तिनको दलको संख्या 45,650 हुन्छ। रूबेनको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या तिनीहरूका दलअनुसार 1,51,450 हो। यिनीहरू दोस्रो लहरमा हिँड्नेछन्। त्यसपछि भेट हुने पाल र लेवीहरूका छाउनी, छाउनीहरूका बीचबाट भएर जानेछन्। तिनीहरू आ-आफ्ना छाउनीमा जसरी बस्छन्, त्यही प्रकारले तिनीहरू हरेक आ-आफ्नै पङ्‌क्तिमा आ-आफ्नै झण्डामुनि हिँड्नेछन्। पश्‍चिम दिशातिर: एफ्राइमको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीहूदका छोरा एलिशामा, एफ्राइम कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 40,500 हुन्छ। त्यसपछि मनश्शेको कुल रहनेछ। पदासूरको छोरो गमलिएल, मनश्शे कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 32,200 हुन्छ। त्यसपछि बेन्यामीनको कुल रहनेछ। गिदोनीका छोरा अबीदान बेन्यामीन कुलका मानिसहरूको अगुवा होस्। उसको दलको संख्या 35,400 हुन्छ। एफ्राइमको छाउनीमा राखिएका सबै मानिसहरूको संख्या तिनीहरूका दलअनुसार 1,08,100 हो। तिनीहरूको दल तेस्रो लहरमा हिँड्नेछन्। उत्तर दिशातिर: दानको छाउनीका दलहरू आफ्ना झण्डामुनि हुनेछन्। अम्मीशद्दैका छोरा अहीएजेर, दान कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 62,700 हुन्छ। त्यस पछिको छाउनी आशेरको कुलको हुनेछ। ओक्रानकोका छोरा पगीएल, आशेर कुलका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 41,500 हुन्छ। त्यसपछि नाप्‍ताली कुलको दल हुनेछ। एनानको छोरो अहीरा, नप्‍तालीका मानिसहरूका अगुवा होस्। उसको दलको संख्या 53,400 हुन्छ। दानको छाउनीमा राखिएका सबै मानिसहरूका संख्या 1,57,600 हो। तिनीहरू आफ्ना झण्डामुनि सबैभन्दा पछि हिँड्नेछन्। यिनै इस्राएलीहरू तिनीहरूका परिवारअनुसार गनिएका हुन्। छाउनीहरूमा भएका सबै मानिसहरू तिनीहरूका दलअनुसार सबैको संख्या 6,03,550 थियो। याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ, लेवीहरूलाई अरू इस्राएलीहरूसँग गन्ती गरिएका थिएनन्। यसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएझैँ इस्राएलीहरूले गरे; यसरी तिनीहरूले तिनीहरूका झण्डामुनि छाउनी हाले। अनि त्यसरी नै तिनीहरू हरेक आ-आफ्नै वंश र परिवारसँग हिँडे।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्

गन्ती 2:1-34 पवित्र बाइबल (NERV)

मोशा र हारूनलाई परमप्रभुले भन्नुभयो, “इस्राएलका मानिसहरू प्रत्येकले शिविर भेट हुने पालको वरिपरि लगाउनु पर्छ अनि प्रत्येक कुल दलको आफ्नो झण्डा हुनुपर्छ र प्रत्येक मानिसले आ-आफ्नो दलको झण्डाको समीप शिविर बनाउनु पर्छ। “यहूदा शिविर दलहरूले पूर्वतिर घाम झुल्कने पट्टि आफ्नो झण्डाको मुन्तिर शिविर हालुन। यहूदा दलका मानिसहरूको अगुवा अम्मीनादाबका छोरा नहशोन हो। तिनको दलमा 74,600 मानिसहरू छन्। “तिनको समीपमै इस्साकार परिवार दलले शिविर हालुन्। यी मानिसहरूको अगुवा सूआरको छोरो नतनेल हुन्। उसको दलमा 54,400 मानिसहरू छन्। “जबूलून कुल दलले पनि यहूदा दलकै नजीकमा शिविर हालुन्। जबूलूनका मानिसहरूको अगुवा हेलोनको छोरो एलीआब हुन् र, तिनको दलमा 57,400 मानिसहरू थिए। “यहूदाको शिविरमा जम्मा 1,86,400 मानिसहरू खटाइएका छन्। यी सब मानिसहरू तिनीहरूका विभिन्न परिवार दलमा विभक्त भएका छन्। जब मानिसहरू एक ठाँउदेखि अर्को ठाँउ सर्छन् यहूदा दल पहिला सर्नेछ। “रूबेनको शिविरको झण्डा पवित्र पालको दक्षिणमा रहनेछ। प्रत्येक दलले आफ्नो झण्डा नजिकै शिविर हाल्नेछ। रूबेनका मानिसहरूको अगुवा शदेऊरका छोरो एलीसूर हुन् र उसको दलमा 46,500 मानिसहरू छन्। “शिमोन कुल दलले रूबेन परिवार दलकै नजीक शिविर हाल्नेछ। शिमोनका मानिसहरूको अगुवा सूरीशद्‌दैको छोरो शलूमीएल हुन्। उसको दलमा 59,300 जना मानिसहरू छन्। “रूबेनको मानिसहरूको नजिकै गादका मानिसहरूले पनि शिविर हाल्नेछन्। रूएलको छोरा एल्यासाप गादका मानिसहरूको अगुवा हो। उसको दलमा 45,650 मानिसहरू छन्। “त्यहाँ रूबेनको शिविरमा खटिएका जम्मा 1,51,450 जना मानिसहरू छन् र जब मानिसहरू एक ठाँउबाट अर्को ठाउँमा सर्छन रूबेनको शिविर दोस्रो दल हुनेछ। “लेवीहरूको शिविरसितै अरू शिविरहरूको माझमा भेट हुने पाल पनि जानेछ। तिनीहरूको जसरी आफ्नो आफ्नो झण्डामा शिविरहरू लगाइएको छ सोही क्रममा लश्करमा जान्छन्। “पश्चिम पट्टिको एप्रैमको शिविर तिनीहरूकै झण्डामा हुनेछ। एप्रैमका मानिसहरूको अगुवा अम्मिहूदका छोरो एलीशामा हुन्। उसको दलमा जम्मा 40,500 जना मानिसहरू छन्। “एप्रैमका कुल दलको शिविरको नजीकै मनश्शे कुल दलको शिविर हुनेछ। यस दलको अगुवा पदासूरको छोरो गमलीएल हुन। उसको दलमा 32,200 मानिसहरू छन्। “बिन्यामीन कुल दलको शिविर एप्रैमको कुल दलको शिविर नजीकै रहनेछ अनि यस कुल दलको अगुवा गिदोनीको छोरो अबीदान हुन्। त्यहाँ जम्मा 35,400 जना मानिसहरू उसको दलमा थिए। “एप्रैमको शिविरमा खटिएका मानिसहरूको संख्या 1,08,100 छ। जब शिविर हिंड्छ तिनीहरू तेस्रो लस्करमा हिंड्नेछन्। “उत्तर तिर भएको दानको शिविरमा भएका मानिसहरू तिनीहरूको आफ्नो झण्डा मुनि रहनेछन् अनि तिनीहरूको अगुवा अम्मीशद्‌दैको छोरो अहीएजर हुन्। उसको दलमा 62,700 जना मानिसहरू छन्। “दान कुल दलको शिविर नजीकै आशेर कुल दलको शिविर रहन्छ अनि यस कुल दलको अगुवा ओक्रानको छोरो पगीएल हुन्। त्यहाँ उसको दलमा 41,500 मानिसहरू छन्। “अनि आशेर कुल दलको शिविर नजीकै नप्ताली कुल दलको शिविर रहनेछ र तिनीहरूको अगुवा एनानको छोरो अहीरा हुन्। त्यहाँ उसको दलमा 53,400 मानिसहरू छन्। “दान परिवार दलमा मानिसहरूको कुल संख्या 1,57,600 छ। तिनीहरू आफ्नो-आफ्नो झण्डा लिएर अन्तिम लस्करमा हिंड्नेछन्।” इस्राएलीहरूको परिवार अनुसार गन्ती गरिएको मानिसहरू यिनीहरू नै हुन्। गन्ती गरिए अनुसार यिनीहरूको संख्या 6,03,550 हो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञा अनुसार इस्राएलीहरूसित लेवीहरूको गन्ती गरिएन। यसर्थ इस्राएली मानिसहरूले मोशालाई परमप्रभुले दिनुभएको आज्ञा अनुसार प्रत्येक कुरो गरे। यसरी नै तिनीहरूले आफ्नो-आफ्नो झण्डा नजीकै शिविर बनाए अनि त्यसरी नै आफ्नो-आफ्नो वंश र परिवार अनुसार तिनीहरू लस्करमा हिंडे।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्

गन्ती 2:1-34 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभुले मोशा र हारूनलाई यी आदेशहरू दिनुभयो, “जब इस्राएलीहरू छाउनी लाएर बस्‍छन्, हरेक मानिस आ-आफ्‍नो गोत्र र दलको झन्‍डामुनि रहनेछ र तिनीहरूले आ-आफ्‍ना पालचाहिँ पवित्र पालको केही पर त्‍यसलाई घेरेर हाल्‍नुपर्नेछ।” पूर्वपट्टि यहूदा दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: यहूदा अम्‍मीनादाबको छोरो नहशोन ७४,६०० इस्‍साखार सूआरको छोरो नतनेल ५४,४०० जबूलून हेलोनको छोरो एलीआब ५७,४०० जम्‍मा १,८६,४००। यहूदाको दल पहिले हिँड्‍नेछ। दक्षिणपट्टि रूबेनका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: रूबेन शदेऊरको छोरो एलीसूर ४६,५०० शिमियोन सूरीशद्दैको छोरो शलूमीएल ५९,३०० गाद दूएलको छोरो एल्‍यासाप ४५,६५० जम्‍मा १,५१,४५०। दोस्रो रूबेनको दल हिँड्‍नेछ। तब पहिला दुई दल र पछिल्‍ला दुई दलका बीचमा लेवीहरू पवित्र पाल बोकेर हिँड्‍नेछन्। हरेक दल जसरी छाउनीमा बस्‍छ, त्‍यही प्रकारले आ-आफ्‍नो पङ्‌क्तिमा झन्‍डामुनि हिँड्‍नेछ। पश्‍चिमपट्टि एफ्राइमका दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्: एफ्राइम अम्‍मीहूदको छोरो एलीशामा ४०,५०० मनश्‍शे पदासूरको छोरो गमलिएल ३२,२०० बेन्‍यामीन गिदेओनीको छोरो अबीदान ३५,४०० जम्‍मा १,०८,१००। तेस्रो एफ्राइमको दल हिँड्‍नेछ। उत्तरपट्टि, दानको दलको झन्‍डामुनि रहनेहरू दल-दल गरेर आ-आफ्‍ना अगुवाका साथमा यस प्रकारले पालमा बस्‍नेछन्‌: दान अम्‍मीशद्दैको छोरो अहीएजेर ६२,७०० आशेर ओक्रानको छोरो पगीएल ४१,५०० नप्‍ताली एनानको छोरो अहीरा ५३,४०० जम्‍मा १,५७,६००। सबैभन्दा पछि दानको दल हिँड्‍नेछ। दल-दल र हुल-हुल गरी सूचीमा नाम लेखिएका इस्राएलीहरूको जम्मा सङ्‍ख्‍या ६,०३,५५० थियो। परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार लेवीहरूका नामहरू इस्राएलका अरू कुलसँग लेखिएका थिएनन्। यसरी परमप्रभुले मोशालाई दिनुभएको आज्ञाअनुसार इस्राएलीहरूले सबै पूरा गरे। तिनीहरू आ-आफ्‍ना झन्‍डामुनि पालमा बस्‍थे र आ-आफ्‍ना गोत्रसित हिँड्थे।

शेयर गर्नुहोस्
गन्ती 2 पढ्नुहोस्