Skip to content
बाइबल एप लोगो

गन्ती 18:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

गन्ती 18:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

जब तँ र तेरा छोराहरू गवाही-पाटीका पालको सामु सेवा गर्छौ, तब तेरा पुर्खाका लेवी कुलका तेरा दाजुभाइहरूलाई पनि तँसितै लिएर आइज, र तिनीहरू तँसित मिलेर तँलाई सघाऊन्‌।

शेयर गर्नुहोस्
गन्ती 18 NNRV

गन्ती 18:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तँ र तेरा छोराहरूको पवित्र पालमा सेवा गरेको बेलामा तिमीहरूलाई मद्दत गर्न र तिमीहरूसँग काम गर्नको निम्‍ति आफ्‍ना नातेदार, लेवी कुललाई लिएर आइज।

शेयर गर्नुहोस्
गन्ती 18 सरल नेपाली

गन्ती 18:2 NERV (पवित्र बाइबल)

तिम्रो परिवार समूहका अन्य लेवी मानिसहरूलाई तिमीसित काम गराउन ल्याऊ। करारको पालमा काम गर्दा तिम्रा छोराहरूलाई तिनीहरूले सहयोग पुर्याउने छन्।

शेयर गर्नुहोस्
गन्ती 18 NERV

गन्ती 18:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तँ र तेरा छोराहरूले साक्षी पाटीको पालमा सेवा गर्दा तिमीहरूसँग मिलेर तिमीहरूलाई सघाउन भनी तेरा पुर्ख्यौली कुलबाट तेरा नातेदार लेवीहरूलाई लिएर आइज।

शेयर गर्नुहोस्
गन्ती 18 NCV