गन्ती 13:3-6
गन्ती 13:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए। तिनीहरूका नाउँ यी नै हुन्: रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ, शिमियोनको कुलबाट होरीका छोरा शाफात, यहूदाको कुलबाट यपुन्नेका छोरा कालेब
गन्ती 13:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए। तिनीहरूका नाम यिनै हुन्: रूबेनको कुलबाट जक्कूरका छोरा शम्मूअ; शिमियोनको कुलबाट होरीका छोरा शापात; यहूदाको कुलबाट यपून्नेका छोरा कालेब
गन्ती 13:3-6 पवित्र बाइबल (NERV)
यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए। ती नायकहरूको नाम यी नै हुन्; रूबेनको कुलबाट जक्करको छोरो शम्मू, शिमोनको कुलबाट होरीको छोरो साफात, यहूदाको कुलबाट यपून्नेको छोरो कालेब
गन्ती 13:3-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले त्यो आज्ञापालन गरे र पारानको उजाड-भूमिबाट यी अगुवाहरूलाई पठाए– रूबेन जक्कूरको छोरो शम्मूअ शिमियोन होरीको छोरो शाफात यहूदा यपुन्नेको छोरो कालेब इस्साखार योसेफको छोरो यिगाल एफ्राइम नूनको छोरो होशिया बेन्यामीन रफूको छोरो पलती जबूलून सोदीको छोरो गद्दीएल, मनश्शे सूसीको छोरो गेद्दी दान गमल्लीको छोरो अम्मीएल आशेर मिखाएलको छोरो सतूर नप्ताली वोफ्सीको छोरो नहबी गाद माकीको छोरो गूएल।