गन्ती 13:1-3
गन्ती 13:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुले मोशालाई भन्नुभयो, “कनान देशभित्र गुप्तचरहरू पठा। त्यो देश म इस्राएलीहरूलाई दिनेछु। आ-आफ्नो पुर्खाको कुलबाट एक-एक जना नायक पठा।” यसकारण परमप्रभुको आज्ञाअनुसार मोशाले पारानको मरुभूमिबाट तिनीहरूलाई पठाए। ती सब इस्राएलीहरूका नायकहरू थिए।
गन्ती 13:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले मोशालाई भन्नुभयो, “मैले इस्राएलीहरूलाई दिन लागेको कनान देशको बारेमा जासुसी गर्नलाई केही मानिसहरू पठा। इस्राएलीहरूका पुर्खाहरूका हरेक कुलबाट एक-एक जना अगुवा पठा।” यसकारण याहवेहको आज्ञाअनुसार मोशाले तिनीहरूलाई पारानको मरुभूमिबाट पठाए। तिनीहरू सबै जना इस्राएलीहरूका अगुवाहरू थिए।
गन्ती 13:1-3 पवित्र बाइबल (NERV)
परमप्रभुले मोशालाई भन्नुभयो, “केही मानिसहरूलाई कनान देशको जासूस गर्नु पठाऊ। त्यही भूमि म इस्राएलका मानिसहरूलाई दिनेछु। बाह्र कुल समूहहरूको प्रत्येक कुलसमूहबाट एकजना नायक पठाऊ।” यसकारण मोशाले परमप्रभुको आज्ञा पालन गरे। पारान मरुभूमिमा मानिसहरू छाउनी हालेर बसेको समय मोशाले यी नायकहरू पठाए।
गन्ती 13:1-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका बाह्रै कुलबाट एक-एक जना अगुवा चुनेर तिनीहरूलाई कनान देशको भेद लिनलाई जासूसहरू पठा। म इस्राएलीहरूलाई कनान देश दिँदै छु।” मोशाले त्यो आज्ञापालन गरे र पारानको उजाड-भूमिबाट यी अगुवाहरूलाई पठाए– रूबेन जक्कूरको छोरो शम्मूअ शिमियोन होरीको छोरो शाफात यहूदा यपुन्नेको छोरो कालेब इस्साखार योसेफको छोरो यिगाल एफ्राइम नूनको छोरो होशिया बेन्यामीन रफूको छोरो पलती जबूलून सोदीको छोरो गद्दीएल, मनश्शे सूसीको छोरो गेद्दी दान गमल्लीको छोरो अम्मीएल आशेर मिखाएलको छोरो सतूर नप्ताली वोफ्सीको छोरो नहबी गाद माकीको छोरो गूएल।