गन्ती 10:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
गन्ती 10:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“दुई वटा चाँदीका तुरहीहरू बना। ती पिटेर बनाइएका होऊन्। समुदायलाई भेला गराउँदा र शिविरबाट प्रस्थान गर्दा ती प्रयोग गर्नू।
गन्ती 10:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“मानिसहरूलाई भेला गराउनलाई अनि छाउनी उठाउन भनी जनाउनलाई एक जोर पिटेका चाँदीका तुरही बना।
गन्ती 10:2 NERV (पवित्र बाइबल)
“दुइवटा तुरहीहरू बनाऊ। चाँदी पिटेर तुरहीहरू बनाउनु। यी तुरहीहरू मानिसहरूलाई एक साथ भेला गराउनु तथा कति बेला छाउनीबाट यात्रा शुरू गर्नुपर्ने शंकेतको निम्ति प्रयोग गरिनेछ।
गन्ती 10:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“पिटिएको चाँदीका दुई वटा तुरही बना। अनि समुदायलाई एकसाथ भेला गराउन र पालबाट प्रस्थान गराउनका लागि तिनलाई प्रयोग गर्।