गन्ती 1:1-46
गन्ती 1:1-46 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
इस्राएलीहरू मिश्रबाट आएका दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा सीनैको मरुभूमिमा भेट हुने पालमा परमप्रभु मोशासित बोल्नुभयो। उहाँले भन्नुभयो, “समस्त इस्राएली समुदायमा पुरुषहरूको गणना तिनीहरूका वंश-वंश र परिवार-परिवारअनुसार हरेकको नाउँ लेखेर गर्। इस्राएलमा बीस वर्ष र उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषलाई हारून र तैंले दल-दल गरी गन्ती गर्। सबै कुलहरूबाट एक-एक व्यक्ति, प्रत्येक आफ्नो परिवारको मुखियाले तिमीहरूलाई सहयोग गरून्। तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर, शिमियोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल। यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन, इस्साखारको कुलबाट सूआरको छोरो नतनेल, जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब, योसेफका छोराहरूबाट: एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा, मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल, बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान, दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर, आशेरको कुलबाट ओक्रानको छोरो पगीएल, गादको कुलबाट दूएलको छोरो एल्यासाप, नप्तालीको कुलबाट एनानको छोरो अहीरा।” इस्राएलको समुदायबाट छानिएका आ-आफ्नो पैतृक कुलका नायकहरू यी नै हुन्। माथि नाउँ तोकिएका यी मानिसहरूलाई मोशा र हारूनले लिए, अनि दोस्रो महिनाको पहिलो दिनमा जम्मै समुदायलाई तिनीहरूले एकसाथ भेला गरे। मानिसहरूले आ-आफ्ना पुर्खाको कुल र परिवार जनाए, र बीस वर्ष र त्यसभन्दा उँभोको हरेकको नाउँ दर्ता गरे। परमप्रभुले आज्ञा गर्नुभएबमोजिम मोशाले सीनैको उजाड़-स्थानमा तिनीहरूको गणना गरे। इस्राएलका जेठा छोरा रूबेनका सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। रूबेनको कुलबाटको संख्या ४६,५०० थियो। शिमियोनको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। शिमियोनको कुलबाटको संख्या ५९,३०० थियो। गादका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। गादको कुलबाटको संख्या ४५,६५० थियो। यहूदाका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। यहूदाको कुलबाटको संख्या ७४,६०० थियो। इस्साखारको सन्तानबाट: बीस वर्ष र त्यसभन्दा उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। इस्साखारको कुलबाटको संख्या ५४,४०० थियो। जबूलूनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। जबूलूनको कुलबाटको संख्या ५७,४०० थियो। योसेफका छोराहरूबाट: एफ्राइमका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। एफ्राइमको कुलबाटको संख्या ४०,५०० थियो। मनश्शेका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। मनश्शेको कुलबाटको संख्या ३२,२०० थियो। बेन्यामीनका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। बेन्यामीनको कुलबाटको संख्या ३५,४०० थियो। दानका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। दानको कुलबाटको संख्या ६२,७०० थियो। आशेरका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। आशेरको कुलबाटको संख्या ४१,५०० थियो। नप्तालीका सन्तानबाट: बीस वर्ष र उँभोको लड़ाइँमा जान सक्ने हरेक पुरुषको नाउँ तिनीहरूका पुर्खाको कुल र परिवारअनुसार दर्ता गरियो। नप्तालीको सन्तानबाटको संख्या ५३,४०० थियो। आ-आफ्नो परिवारका इस्राएलका बाह्र कुलनायकहरू तथा मोशा र हारूनले गन्ती गरेका समस्त मानिसहरूका जनसंख्या यही हो। बीस वर्ष र त्यसभन्दा उँभोका लड़ाइँमा जान सक्ने सबै पुरुषहरू आ-आफ्नो परिवारअनुसार गन्ती गरियो। तिनीहरूको संख्या जम्मा ६,०३,५५० थियो।
गन्ती 1:1-46 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
14 इस्राएलीहरू इजिप्टबाट निस्किएर आएको दोस्रो वर्षको दोस्रो महिनाको पहिलो दिनमा, सीनैको उजाडस्थानमा भेट हुने पालमा याहवेह मोशासँग बोल्नुभयो र उहाँले भन्नुभयो, “सारा इस्राएलीहरूको समुदायलाई तिनीहरूका वंश र परिवारअनुसार हरेकको नामअनुसार एक-एक गरी सूची बनाएर जनगणना गर्। तैँले र हारूनले तिनीहरूका दलअनुसार बीस वर्ष अथवा त्यसभन्दा माथिका लडाइँमा जान सक्ने सबै पुरुषहरूलाई गन्ती गर्नुपर्नेछ। हरेक कुलबाट एक-एक जना, प्रत्येक परिवारको एक-एक जना मुखियाले तिमीहरूलाई सहयोग गरून्।” तिमीहरूलाई सहयोग गर्ने पुरुषहरूका नाम यिनै हुन्: “रूबेनको कुलबाट शदेऊरको छोरा एलिसूर; शिमियोनको कुलबाट सूरीशद्दैको छोरा शलूमीएल; यहूदाको कुलबाट अम्मीनादाबको छोरा नहशोन; इस्साखारको कुलबाट सूआरको छोरा नथनिएल; जबूलूनको कुलबाट हेलोनको छोरा एलिआब; योसेफका छोराहरूबाट: अर्थात् एफ्राइमको कुलबाट अम्मीहूदको छोरा एलिशामा; मनश्शेको कुलबाट पदासूरको छोरा गमलिएल; बेन्यामीनको कुलबाट गिदोनीको छोरा अबीदान; दानको कुलबाट अम्मीशद्दैको छोरा अहीएजेर; आशेरको कुलबाट ओक्रानको छोरा पगीएल; गादको कुलबाट देउएलको छोरो एल्यासाप; नप्तालीको कुलबाट एनानको छोरा अहीरा।” यी पुरुषहरू समुदायबाट नियुक्त भएका थिए; तिनीहरू कुलका पुर्ख्यौली अगुवाहरू थिए। तिनीहरू इस्राएली वंशहरूका मुखियाहरू थिए। माथि नाम उल्लेख गरिएका यी पुरुषहरूलाई मोशा र हारूनले लिए; र तिनीहरूले दोस्रो महिनाको पहिलो दिनमा सारा समुदायलाई एकसाथ भेला गराए। ती मानिसहरूले आफ्ना वंश र परिवारअनुसार आफ्ना पुर्ख्यौली सूची दर्ता गराए। बीस वर्ष अर्थात् त्यसभन्दा धेरै उमेर भएका मानिसहरू एक-एक गरी तिनीहरूका नामअनुसार दर्ता गराए। याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार मोशाले सीनैको उजाडस्थानमा तिनीहरूको जनगणना गरे: इस्राएलको जेठा छोरा रूबेनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूको नाम एक-एक गरी दर्ता गरियो। रूबेनको कुलको संख्या 46,500 थियो। शिमियोनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। शिमियोन कुलको संख्या 59,300 थियो। गादको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। गाद कुलको संख्या 45,650 थियो। यहूदाको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। यहूदा कुलको संख्या 74,600 थियो। इस्साखारको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। इस्साखारको कुलको संख्या 74,600 थियो। जबूलूनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। जबूलून कुलको संख्या 57,400 थियो। योसेफका छोराहरूबाट: एफ्राइमका कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। एफ्राइम कुलको 40,500 थियो। मनश्शेको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। मनश्शे कुलको संख्या 32,200 थियो। बेन्यामीनको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। बेन्यामीन कुलको संख्या 35,400 थियो। दानको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। दान कुलको संख्या 62,700 थियो। आशेरको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। आशेर कुलको संख्या 41,500 थियो। नप्तालीको कुलबाट: बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती हुनसक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार तिनीहरूका नाम एक-एक गरी दर्ता गरियो। नप्ताली कुलको संख्या 53,400 थियो। मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरू हरेकले आफ्ना परिवारको प्रतिनिधित्व गरी गन्ती गरेका पुरुषहरू यिनै थिए। बीस वर्ष पुगेका र त्योभन्दा धेरै उमेरका सेनामा भर्ती भई सेवा गर्न सक्ने सबै पुरुषहरूलाई तिनीहरूका वंश र परिवारअनुसार इस्राएलीहरूको गणना गरियो। तिनीहरूका जम्मा संख्या 6,03,550 थियो।
गन्ती 1:1-46 पवित्र बाइबल (NERV)
सीनै मरुभूमिको भेट हुने पालमा इस्राएलीहरूले मिश्र देश छोडेको दोस्रो बर्षको दोस्रो महीनाको पहिलो दिन मोशासित परमप्रभुले कुरा गर्नुभयो। उहाँले भन्नुभयो, “तिनीहरूको परिवार र कुल समूह सहित प्रत्येक व्यक्तिको नाम लेखेर इस्राएली मानिसहरूको गन्ती गर। हारून र तिमीले बीस बर्ष र त्यो भन्दा वेशी उमेर भएकाहरू सेनामा जान सक्छन् प्रत्येकको गन्ती गर। प्रत्येक कुलका एक-एक व्यक्तिले तिमीलाई सहायता गर्नेछन्। प्रत्येक कुलबाट एक जना व्यक्ति अगुवा हुनेछ। यी निम्न लिखित व्यक्तिहरूले तिमीलाई सहायता गर्नेछन्: रूबेनको कुलबाट शदेऊरका छोरा एलीसूर; शिमोनको कुलबाट सूरीशद्दैको छोरो शलूमीएल; यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; इस्साकारको कुलबाट सूआरको छोरो नतनेल; जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; यूसुफको उत्तराधिकारीहरूबाट; एप्रैमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; बिन्यामीनको कुलबाट गिदोनीको छोरो अबीदान; दानको कुलबाट अम्मीशद्दैको छोरो अहीएजेर; आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; गादको कुलबाट रूएलको छोरो एल्यासाप; नप्तालीको कुलबाट एनानको छोरो अहीरा।” यी सबै मानिसहरू यिनीहरूको कुल समूहका अगुवाहरू थिए र मानिसहरूले नै यिनीहरूलाई आफ्नो आफ्नो कुल समूहका अगुवा बनाए। तब मोशा र हारूनले ती मानिसहरूलाई लिए जसलाई अगुवा बनाएका थिए। दोस्रो महीनाको पहिलो दिन तिनीहरूले सबै समुदायलाई एकै चोटी बोलाएर पुस्ता अनि तिनीहरूको सन्तानहरूको नाम दर्त्ता गरेर बीस र बीस भन्दा वेशी उमेरको प्रत्येक व्यक्तिको सूची तयार गरे। परमप्रभुले मोशालाई दिनु भएको आज्ञा अनुसार तिनले मानिसहरूको गन्ती सीनै मरुभूमिमा गरे। तिनीहरूले यस्तो प्रकारले संख्या गन्ती गरे इस्राएलको प्रथम जाति रूबेन र तिनको परिवारको गणना गरे। बीस र बीस बर्ष भन्दा वेशी उमेरका व्यक्तिहरू जो सेनामा जान सक्थे तिनीहरूको नामको सूची बनाइयो। तिनीहरूको पिता-पुर्खाको कुल र परिवार अनुसार नाम दर्त्ता गरियो। रूबेनको कुलबाट गन्ती गरिएको संख्या 46,500 थियो। तिनीहरूले शिमोनको कुलबाट गन्ती गरे-बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। शिमोनको कुलबाट 59,300 व्यक्तिको गन्ती गर्यो। तिनीहरूले गादको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। गादको कुलबाट 45,650 व्यक्तिको गन्ती गर्यो। तिनीहरूले यहूदाको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्ता गरियो। यहूदाको कुलबाट 74,600 व्यक्तिको गन्ती गर्यो। तिनीहरूले इस्साकारको कुलबाट गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरियो। इस्साकारको कुलबाट 54,400 व्यक्तिको गन्ती गर्यो। तिनीहरूले जबूलूनको कुलको गन्ती गरे बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। जबूलूनको कुलबाट 57,400 व्यक्तिहरूको गन्ती गरियो। तिनीहरूले एप्रैमको कुल समूहबाट गन्ती गरे। (एप्रैम-यूसुफको छोरो।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार दर्त्ता गरे। एप्रैमको कुलमा गन्ती गरिएको व्यक्तिहरूको सख्या 40,500 थियो। तिनीहरूले मनश्शे कुलका मानिसहरूको गन्ती गरे। (मनश्शे पनि यूसुफका छोरा थिए।) बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। मनश्शेको कुलमा गन्ती गरिएको मानिसहरूको संख्या 32,200 थियो। तिनीहरूले बिन्यामीन कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। बिन्यामीनको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 35,400 थियो। तिनीहरूले दान कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका सबै मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पिता-पुर्खाको कुल र परिवार अनुसार गन्ती गरियो। दानको कुलमा गन्ती गरिएका मानिसहरूको संख्या 62,700 थियो। तिनीहरूले आशेर कुलका मानिसहरूको गन्ती गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। आशेर कुलमा गणना गरिएका मानिसहरूको संख्या 41,500 थियो। नप्ताली कुलका मानिसहरूको तिनीहरूले गणना गरे। बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जानु सक्थे तिनीहरू प्रत्येकको नाम पुर्खाको कुल र परिवार अनुसार गणना गरियो। नप्ताली कुलमा गणना गरिएको मानिसहरूको संख्या 53,400 थियो। मोशा, हारून र इस्राएलका बाह्र जना अगुवाहरूले यी मानिसहरूको गन्ती गरे। (त्यहाँ प्रत्येक कुल समूहबाट एक जना अगुवा थिए।) तिनीहरूले बीस बर्ष र उँभोका मानिसहरू जो सेनामा जान सक्थे तिनीहरूको गन्ती गरे। तिनीहरू प्रत्येकको आफ्नो-आफ्नो परिवार अनुसार गणना गरियो। तिनीहरूको जम्मा संख्या 6,03,550 थियो।
गन्ती 1:1-46 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएलीहरूले मिश्र देश छोडेको दुई वर्ष भएको थियो। त्यस वर्ष दोस्रो महिनाको पहिलो दिनमा परमप्रभु मोशासित बोल्नुभयो, त्यस बेला सीनैको मरुभूमिमा परमेश्वरले आफू बसेको पवित्र पालमा मोशालाई यसो भन्नुभयो, “तँ र हारूनले परिवार-परिवार र गोत्र-गोत्रअनुसार इस्राएलका जन-समुदायको गन्ती लिनुपर्नेछ। बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक सबै मानिसहरूका नामको सूची बनाओ। हरेक कुलबाट एक जना गोत्रको मुखियालाई आफ्नो मद्दतको लागि लेओ।” यस कामको लागि इस्राएली समाजबाट छानिएका कुल-कुलका मुखियाहरू यी मानिसहरू हुन्: रूबेन शदेऊरको छोरो एलीसूर शिमियोन सूरीशद्दैको छोरो शलूमीएल यहूदा अम्मीनादाबको छोरो नहशोन इस्साखार सूआरको छोरो नतनेल जबूलून हेलोनको छोरो एलीआब एफ्राइम अम्मीहूदको छोरो एलीशामा मनश्शे पदासूरको छोरो गमलिएल बेन्यामीन गिदेओनीको छोरो अबीदान दान अम्मीशद्दैको छोरो अहीएजेर आशेर ओक्रानको छोरो पगीएल गाद दूएलको छोरो एल्यासाप नप्ताली एनानको छोरो अहीरा। यी मानिसहरूको मद्दतले दोस्रो महिनाको पहिलो दिनमा मोशा र हारूनले सबै इस्राएलीहरूलाई एक ठाउँमा बोलाए र परिवार-परिवार र गोत्र-गोत्र गरेर तिनीहरू सबैका नाम सूचीमा लेखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका पुरुषहरूका नाम तिनीहरूले लेखेर गन्ती गरे। सीनैको उजाड-स्थानमा मोशाले इस्राएलीहरूका नामको सूची तयार गरे। बीस वर्ष र त्योभन्दा धेरै उमेर भएका फौजी काम गर्न लायक पुरुषहरूको नाम तिनका परिवार-परिवार र गोत्र-गोत्रअनुसार लेखिए। त्यसको सुरु याकूबका जेठा छोरा रूबेनको कुलबाट भएको थियो। तिनीहरूका सङ्ख्या यस्ता थिए: रूबेन ४६,५०० शिमियोन ५९,३०० गाद ४५,६५० यहूदा ७४,६०० इस्साखार ५४,४०० जबूलून ५७,४०० एफ्राइम ४०,५०० मनश्शे ३२,२०० बेन्यामीन ३५,४०० दान ६२,७०० आशेर ४१,५०० नप्ताली ५३,४०० जम्मा ६,०३,५५०।