नहेम्‍याह 9:1-8 - Compare All Versions

नहेम्‍याह 9:1-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू भाङ्‌ग्रा लगाई आ-आफ्‍नो शिरमा धूलो हालेर उपवासको निम्‍ति भेला भए। इस्राएली वंशकाहरूले सबै विदेशीहरूबाट आफूलाई अलग गरेका थिए। तिनीहरू खड़ा भई आफ्‍ना पाप र आफ्‍ना पुर्खाहरूको अधर्म स्‍वीकार गरे। तिनीहरू आ-आफ्‍नो स्‍थानमा खड़ा भए र पहिलो एक पहरचाहिँ परमप्रभु तिनीहरूका परमेश्‍वरका व्‍यवस्‍थाको पुस्‍तक पढ़े। अनि तिनीहरूले अर्को एक पहरचाहिँ आ-आफ्‍ना पापको स्‍वीकार गर्दै परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्दैरहे। खुट्‌किलामा लेवीहरू— येशूअ, बानी, कादमीएल, शबन्‍याह, बुन्‍नी, शरेबियाह, बानी र कनानीले खड़ा भएर ठूलो सोरले परमप्रभु तिनीहरूका परमेश्‍वरलाई पुकारे। अनि यी लेवीहरू— येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाहले भने, “उभिएर परमप्रभु तिम्रा परमेश्‍वर, जो अनन्‍तदेखि अनन्‍तसम्‍म हुनुहुन्‍छ, उहाँको प्रशंसा गर।” तपाईंको महिमित नाउँ धन्‍यको र सारा धन्‍य र प्रशंसामा सर्वोच्‍च होस्‌। तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ। तपाईंले नै स्‍वर्ग, सर्वोच्‍च आकाश, र त्‍यसका सबै तारामण्‍डल, पृथ्‍वी र त्‍यसमा भएका सबै थोक, र समुद्रहरू र तिनमा भएका सबै थोकहरू बनाउनुभयो। तपाईंले नै तिनीहरू सबैलाई जीवन दिनुहुन्‍छ, र स्‍वर्गका सारा समुदायले तपाईंलाई पुज्‍दछन्‌। “तपाईं ती नै परमप्रभु परमेश्‍वर हुनुहुन्‍छ, जसले अब्रामलाई कल्‍दीहरूको ऊरबाट चुनेर निकालिल्‍याउनुभयो र तिनलाई अब्राहाम नाउँ राख्‍नुभयो। तिनी तपाईंप्रति विश्‍वासी भएका तपाईंले पाउनुभयो, र तिनका सन्‍तानलाई कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूको देश दिने करार तिनीसित बाँध्‍नुभयो। तपाईंले आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभएको छ, किनभने तपाईं धर्मी हुनुहुन्‍छ।

शेयर गर्नुहोस्
नहेम्‍याह 9 NNRV

नहेम्‍याह 9:1-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

त्यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बसेर भाङ्ग्रा लगाउँदै र टाउकोमा धुलो हालेर उपवासको निम्ति एकसाथ भेला भए। इस्राएलीहरूका सन्तानहरूले आफूलाई विदेशीहरूबाट अलग गरेका थिए। तिनीहरू आफ्ना स्थानहरूमा खडा भएर आफ्ना पाप र आफ्ना पुर्खाहरूका पाप स्वीकार गरे। तिनीहरू आफू बसेको ठाउँमा खडा भए; अनि छ घण्टासम्म याहवेह तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तक पढेर तिनीहरूले अर्को छ घण्टाचाहिँ आ-आफ्ना पाप स्वीकार गरे। अनि याहवेह आफ्ना परमेश्‍वरको आराधना गरिरहे। यसपछि अग्लो खुट्किलामा लेवीहरू, येशूआ, बानी, कदमिएल, शबन्याह, बुन्‍नी, शेरेबियाह, बानी र कनानी उभिएर याहवेह तिनीहरूका परमेश्‍वरलाई चर्को आवाजमा पुकारे। अनि लेवीहरू—येशूआ, कदमिएल, बानी, हशबन्याह, शेरेबियाह, होदिय्याह, शबन्याह र पतहयाहले भने: “युगौँयुगसम्म हुनुहुने याहवेह तिमीहरूका परमेश्‍वरलाई उभिएर प्रशंसा गर।” “तपाईंको महिमित नाम धन्यको होस्! यो सारा आशिष् र प्रशंसाभन्दा उच्‍च होस्!” तपाईं मात्र याहवेह हुनुहुन्छ। तपाईंले नै स्वर्गहरू, सर्वोच्‍च आकाशहरू र तिनीहरूमा भएका तारामण्डलहरू, पृथ्वी र त्यसमा भएका सबै थोकहरू, समुद्रहरू र त्यसमा भएका सबै कुराहरू बनाउनुभयो। तपाईंले हरेक कुरालाई जीवन दिनुहुन्छ र स्वर्गदूतहरूले तपाईंलाई दण्डवत् गर्दछन्। “तपाईं नै याहवेह परमेश्‍वर हुनुहुन्छ, जसले अब्रामलाई चुन्‍नुभयो र तिनलाई कल्दीहरूको देश ऊरबाट निकालेर ल्याउनुभयो; अनि तिनलाई अब्राहाम नाम दिनुभयो। तपाईंले तिनको हृदय तपाईंप्रति विश्‍वासयोग्य पाउनुभयो; तब तपाईंले तिनका सन्तानहरूलाई कनानी, हित्ती, एमोरी, परिज्जी, यबूसी र गिर्गाशीहरूको देश दिनेछु भनी तिनीसित करार बाँध्नुभयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नुभएको छ; किनकि तपाईं धर्मी हुनुहुन्छ।

शेयर गर्नुहोस्
नहेम्‍याह 9 NCV

नहेम्‍याह 9:1-8 NERV (पवित्र बाइबल)

अब, यो महीनाको चौबीसौं दिनमा इस्राएलका मानिसहरू उपवास बसे एकत्रित भए र भाङ्ग्रा लगाए अनि तिनीहरूले आफैं माथि धूलो हाले। इस्राएली कुलहरूले स्वयंलाई समस्त विदेशीहरूबाट अलग गरे। तिनीहरू उभिए अनि आफ्ना पापहरू र आफ्ना पुर्खाहरूका भूल स्वीकार गरे। तिनीहरू आफ्ना स्थानमा उभिए अनि एक चौथाइ दिनसम्म तिनीहरूका परमेश्वरको व्यवस्थाको पुस्तक बाट पाठ गरे। तब येहूअ बानी, कदूमीएल, शबन्याह, बुन्नी, शेरेब्याह बानी, अनि कनानी सहित लेवीहरूको सिंढींमा उभिए अनि तिनीहरू ठूलो स्वरमा परमप्रभु तिनीहरूका परमेश्वरसँग कराए। तब लेवी येशूअ, कद्‌मीएल, बानी, हशबियाह, शबन्याह, होदियाह, शेबानिया अनि पतहियाहले भने: “उठ अनि परमप्रभु तिम्रा परमेश्वरको स्तुति गर। किनभने उहाँ शुरू देखि अन्त सम्म जीवित हुनुहुन्छ। तपाईंको महिमित नाउँको स्तुति होस। यद्यपि यो सम्पूर्ण आशीष अनि प्रशंसा भन्दा आश्चर्यजनक छ। तपाईं परमेश्वर हुनुहुन्छ, हे परमप्रभु तपाईंले मात्र सर्वोच्च स्वर्ग अनि त्यसमा तारा-मण्डल बनाउनु भयो। तपाईंले पृथ्वी अनि यसमा भएका हरेक बस्तुहरू सागरहरू अनि त्यसमा भएका हरेक बस्तुहरू बनाउनु भयो। तपाईंले ती सबैलाई जीवन प्रदान गर्नु भयो, अनि स्वर्गका तारा-मण्डलले तपाईंको आराधना गर्छन्। तपाईं परमप्रभु परमेश्वर हुनुहुन्छ जसले अब्रामलाई चुन्नु भयो, अनि कल्दीहरूको ऊरबाट बाहिर ल्याउनु भयो, अनि उसलाई अब्राहाम नाउँ दिनुभयो। तपाईंले जान्नु भयो कि उनी तपाईंका भक्त थिए यसर्थ तपाईंले ऊसित कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्जीहरू, यबूसीहरू र गिर्गाशीहरूको भूमि उसका सन्तानलाई दिन्छु भनि करार बाँध्नु भयो। तपाईंले आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो किनभने तपाईं धर्मी हुनुहुन्छ।

शेयर गर्नुहोस्
नहेम्‍याह 9 NERV

नहेम्‍याह 9:1-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यही महिनाको चौबीसौँ दिनमा इस्राएलीहरू उपवास बस्‍न भेला भए, यसरी तिनीहरू आफ्‍ना पापको लागि अफसोस र पछुताउ गर्न चाहन्‍थे। तिनीहरूले आफैंलाई अरू विदेशीहरूदेखि अलग गरिरहेका थिए। शोक प्रकट गर्दै तिनीहरूले शिरमा धुलो र शरीरमा भाङ्‌ग्रा लाएका थिए। तब तिनीहरू उभिएर आफैंले गरेका र आफ्‍ना पिता-पुर्खाले गरेका पापको लागि कायल भए। तीन घण्‍टासम्‍म परमेश्‍वरका व्‍यवस्‍था तिनीहरूलाई पढी सुनाइयो। त्‍यसपछि अरू तीन घण्‍टासम्‍म तिनीहरू पापको लागि कायल भए र परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आराधना र दण्‍डवत् गरिरहे। लेवीहरूका निम्‍ति एउटा मञ्‍च बनाइएको थियो र त्‍यसमाथि येशूअ, बानी, कादमीएल, शबन्‍याह, बुन्‍नी, शरेबियाह, बानी र कनानी लेवीहरू उभिए। उच्‍च सोरमा तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गरे। येशूअ, कादमीएल, बानी, हशबन्‍याह, शरेबियाह, होदियाह, शबन्‍याह र पतहियाह लेवीहरूले आराधना गर्न मानिसहरूलाई निम्‍त्‍याउँदै यसो भने: “खडा होओ र आफ्‍ना परमेश्‍वरलाई प्रशंसा गर! सदाकालको निम्‍ति उहाँको प्रशंसा गर! मानिसले गरेको प्रशंसा उहाँको महान्‌तालाई सुहाउँदो त हुँदैन, तापनि हरेकले उहाँको महिमाले भरिएको नामको प्रशंसा गर।” तब इस्राएलीहरूले यसरी प्रार्थना गरे: “हे परमेश्‍वर, तपाईं मात्र परमप्रभु हुनुहुन्‍छ; तपाईंले स्‍वर्ग, तारा र आकाश बनाउनुभयो। तपाईंले पृथ्‍वी, समुद्र र तिनमा भएका हरेक चीज बनाउनुभयो; तपाईंले सबैलाई जीवन दिनुभयो। स्‍वर्गका शक्तिहरूले शिर निहुराएर तपाईंलाई दण्‍डवत् गर्छन्। परमप्रभु परमेश्‍वर! तपाईंले अब्रामलाई चुनेर बेबिलोनियाको ऊरदेखि निकाली ल्‍याउनुभो, तपाईंले उनको नाम फेरेर उसलाई अब्राहाम नाम दिनुभो। तपाईंले उनलाई आफूप्रति विश्‍वासयोग्‍य पाउनुभो, र उनीसँग तपाईंले एउटा प्रतिज्ञा गर्नुभो। उनका सन्‍तानले बास गर्न तपाईंले कनानी, हित्ती, एमोरी, परिज्‍जी, यबूसी र गिर्गाशीहरूले बास गरेका देश दिने करार गर्नुभो, तपाईं विश्‍वासयोग्‍य हुनुहुन्‍छ र आफ्‍नो प्रतिज्ञा पूरा गर्नुभो।

शेयर गर्नुहोस्
नहेम्‍याह 9 सरल नेपाली