नहेम्याह 1:7-9
नहेम्याह 1:7-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञा, धर्म-विधि र नियमहरूलाई पालन नगरेर हामीले तपाईंको विरुद्धमा घोर अपराध गरेका छौं। “आफ्ना दास मोशालाई यसो भनेर आज्ञा गर्नुभएको वचन सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जाति-जातिहरूका बीचमा तितरबितर पार्नेछु, तर तिमीहरू मतिर फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने पृथ्वीको पल्लो छेउसम्म पनि कैदमा रहेका तिमीहरूका निर्वासित मानिसहरूलाई म भेला गर्नेछु, र मेरो नाउँको वासस्थान हुन मैले छानेको ठाउँमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु’।
नहेम्याह 1:7-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हामीले तपाईंको विरुद्धमा अति दुष्ट काम गरेका छौँ। तपाईंले तपाईंको सेवक मोशालाई दिनुभएका आज्ञाहरू, उर्दीहरू र व्यवस्थाहरू हामीले पालन गरेका छैनौँ। “तपाईंले आफ्नो सेवक मोशालाई यसो भनेर दिनुभएका वचनहरू सम्झनुहोस्, ‘यदि तिमीहरू अविश्वासी भयौ भने म तिमीहरूलाई जातिहरूका बीचमा छरपस्ट पारिदिनेछु। तर यदि तिमीहरू मकहाँ फर्क्यौ र मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरूका कैदमा लगिएका मानिसहरू पृथ्वीको पल्लो छेउमा भए तापनि म तिनीहरूलाई त्यहाँबाट बटुल्नेछु। अनि तिनीहरूलाई मैले आफ्नो नामको खातिर मेरो वासस्थान हुनलाई चुनेको ठाउँ यरूशलेममा ल्याउनेछु।’
नहेम्याह 1:7-9 पवित्र बाइबल (NERV)
हामी इस्राएलीहरूले तपाईं प्रति दुष्ट कार्य गरेका छौं अनि हामी तपाईंका सेवक मोशालाई दिनुभएको आज्ञा पालन गरेका छैनौ। “तपाईंले तपाईंका सेवक मोशालाई दिनुभएको आदेश याद गर्नु होस् जब तपाईंले भन्नुभयो, ‘यदि तिमीहरू अविश्वासनीय छौ, भने म तिमीहरूलाई राष्ट्रहरू माझ छरपष्ट पारिदिने छु। तर यदि तिमीहरू म कहाँ फर्की आयौ भने र तिमीहरूले सावधानी साथ मेरा आदेशहरू पालन गर्यौ भने। तब तिनीहरूका कैदी मानिसहरू पृथ्वीको जहीं कहीं भएता पनि म तिनीहरूलाई त्यहाँ भेला गर्नेछु। अनि म तिनीहरूलाई त्यो स्थानमा ल्याउनेछु जुन मैले मेरो नाउँ राख्न चुनेको छु।’
नहेम्याह 1:7-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हामीले तपाईंको विरुद्धमा दुष्कर्म गरेका छौं र तपाईंका आज्ञा मानेका छैनौं। तपाईंले आफ्ना दास मोशाद्वारा दिनुभएका विधि विधानहरू हामीले मानेका छैनौं। तपाईंले मोशालाई दिनुभएका आफ्ना यी वचन स्मरण गर्नुहोस्, ‘तिमी इस्राएलका मानिसहरू अविश्वासी भयौ भने म तिमीहरूलाई अरू जातिहरूका बीच छरपस्ट पार्नेछु। तर तिमीहरू मतिर फर्की आयौ र मेरा आज्ञापालन गर्यौ भने म तिमीहरूलाई मैले छानेको मेरो आराधनास्थलमा फर्काई ल्याउनेछु। संसारका कुना-कुनासम्म तिमीहरू छरिएका छौ भने पनि म तिमीहरूलाई फर्काई ल्याउनेछु।’