मर्कूस 5:35-36
मर्कूस 5:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?” तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
मर्कूस 5:35-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”
मर्कूस 5:35-36 पवित्र बाइबल (NERV)
येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।” तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।”
मर्कूस 5:35-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले यसो भन्दाभन्दै याइरसका घरबाट मानिसहरू आए। तिनीहरूले याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी। अब गुरुलाई व्यर्थै किन दु:ख दिने?” तर येशूले तिनीहरूका कुरालाई वास्ता नगरी याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।”