मर्कूस 4:39-40 - Compare All Versions
मर्कूस 4:39-40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तब उहाँ बिउँझनुभयो, र बतासलाई हप्काउनुभयो, र समुद्रका छालहरूलाई भन्नुभयो, “शान्त हो! रोकिजा!” अनि बतास थामियो र ठूलो सन्नाटा छायो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्छौ? तिमीहरूमा विश्वास छैन?”
मर्कूस 4:39-40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “चुप लाग्! शान्त होइजा!” तब आँधी उत्तिनै खेर पूर्ण रूपले थामियो, र पूरै शान्त भइहाल्यो। उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्वास छैन?”
मर्कूस 4:39-40 NERV (पवित्र बाइबल)
तब येशू जुरूक्क उठ्नुभयो अनि त्यो आँधीलाई हकार्नुभयो। येशूले समूद्रलाई भन्नू भयो, “चूपचाप बस! शान्त हो!” अनि तत्कालै आँधी थामियो अनि ताल शान्त बन्यो। येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”
मर्कूस 4:39-40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले उठेर आँधी र छालहरूलाई हप्काउँदै भन्नुभयो, “शान्त भइजा! रोकिहाल्!” त्यति नै खेर आँधी थामियो र एकदमै शान्त भइहाल्यो। येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्वास?”