मर्कूस 2:10-11
मर्कूस 2:10-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।”
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:10-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्मर्कूस 2:9-11 पवित्र बाइबल (NERV)
मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्यौना बोक अनि घर जाऊ।”
शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्