मर्कूस 12:43-44
मर्कूस 12:43-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर उहाँले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, भेटीपात्रमा चढ़ाउनेहरूमध्ये यस गरीब विधवाले सबैभन्दा बढ़ी चढ़ाई। किनभने सबैले आफ्नो-आफ्नो प्रशस्तताबाट चढ़ाए, तर यस स्त्रीले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै अर्पण गरी।”
मर्कूस 12:43-44 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर येशूले भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, यस गरिब विधवाले दानपेटीमा अरू सबैले भन्दा बढी चढाएकी छे। तिनीहरू सबैले आफ्ना प्रशस्त धनबाट चढाएका छन्, तर यस स्त्रीले त आफ्नो गरिबीबाट सबै थोक, आफ्नो जीविका चलाउने खर्चसमेत नै चढाएकी छे।”
मर्कूस 12:43-44 पवित्र बाइबल (NERV)
येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यो गरीब विधवाले खाली दुइवटा स साना सिक्काहरू चढाई। तर वास्तवमा अरू धनी मानिसहरूले दिएको भन्दा त्यसले धेरै दिई। ती मानिसहरूको धेरै छन्, तर तिनीहरूले आफूलाई नचाहिएको मात्र दिएका छन्। त्यो स्त्री धेरै गरीब छे। तर त्यसले आफूमा भएको सबै नै दिई। अनि त्यसले ती पैसाहरू आफूलाई मद्त पुर्याउनको लागि नै हो भन्ने ठानी।”
मर्कूस 12:43-44 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अनि येशूले आफ्ना चेलाहरूलाई डाकेर भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, यस गरीब विधवाले अरू सबै मानिसहरूले भन्दा धेरै भेटी चढाएकी छिन् किनभने अरूले त आफ्नो उब्रिएको धनबाट केही चढाएका हुन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि उसको जीविका चलाउने भएभरको सबै खर्च चढाएकी छिन्।”