मर्कूस 12:41-42
मर्कूस 12:41-42 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले मन्दिरमा दान हाल्ने बाकसनेर बसेर मानिसहरूले पैसा चढाएको हेरिरहनुभएको थियो। धेरै धनी मानिसहरूले धेरै पैसा चढाए। अनि एउटी गरीब विधवा पनि आएर तामाको दुई सिक्का मात्र चढाई।
मर्कूस 12:41-42 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए। अनि एउटी गरीब विधवाले आएर तामाका दुई सिक्का, अर्थात् एक पैसा चढ़ाई।
मर्कूस 12:41-42 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भेटी चढाउने ठाउँको सामु गएर येशू बस्नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए। तर एउटी गरिब विधवा आएर धेरै कम मूल्य भएको तामाका दुई साना सिक्का चढाई।
मर्कूस 12:41-42 पवित्र बाइबल (NERV)
येशू मन्दिरको ढुकुटी सामु बस्नुभयो जहाँ आएर मानिसहरूले पैसा चढाउने गर्दथे। उहाँले धेरै धनी मानिसहरूले मन्दिरको ढुकुटीमा धेरै पैसा हालेको हेर्नुभयो। तब एउटी गरीब विधवा आई अनि दुइवटा स-साना ताँमाका सिक्काहरू दिई। ती सिक्काहरूको मूल्य एक पैसा भन्दा कम थियो।