मर्कूस 11:24-26
मर्कूस 11:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जेसुकै माग्छौ सो पाएका छौं भन्ने विश्वास राख, र त्यो तिमीहरूको हुनेछ। जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्। [तर क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछैन।”]
मर्कूस 11:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरूले प्रार्थनामा जे माग्छौ, ती कुराहरू पाएका छौ भनी विश्वास गर, र ती तिमीहरूको हुनेछ। अनि जब तिमीहरू प्रार्थनामा खडा हुन्छौ, यदि कसैको विरुद्धमा तिमीहरूको केही छ भने उसलाई क्षमा गरिदेओ, र स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गरिदेऊन्। तर तिमीहरूले क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका पापहरू क्षमा गर्नुहुनेछैन।”
मर्कूस 11:24-26 पवित्र बाइबल (NERV)
यसैले तिमीहरूले जे वस्तुको निम्ति प्रार्थना गर्दछौ। अनि यदि चीजहरू पाइसकेकाछौ भन्ने विश्वास राख्छौ तब त्यो तिम्रो आफ्नै हुनेछ। जब तिमीहरू प्रार्थनाका निम्ति तयार हुन्छौ, अनि कसैको विरुद्धमा तिमीहरूमा भएको नराम्रो सम्झना भयो भने, त्यसलाई क्षमा गरिदेऊ। यसो गर्यौ भने स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका सबै पापहरू क्षमा गरिदिनुहुनेछ।”
मर्कूस 11:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थना गरेर जे माग्छौ, ‘मैले पाइसकेको छु’ भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ। तिमीहरू प्रार्थना गर्न लाग्दा यदि तिमीहरूको कसैप्रति तीतोपना छ भने उसलाई क्षमा देओ। अनि स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछ। [तर अरूलाई क्षमा दिंदैनौ भने स्वर्गमा बास गर्नुहुने तिमीहरूका परमेश्वर पिताले पनि तिमीहरूको पाप क्षमा गर्नुहुनेछैन।”]