मीका 7:7-8 - Compare All Versions
मीका 7:7-8 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्तुष्ट नहो। म लड़े तापनि उठिहाल्नेछु। म अँध्यारोमा भए तापनि परमप्रभु मेरो ज्योति हुनुहुनेछ।
मीका 7:7-8 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तर मचाहिँ परमप्रभुतिरै हेरिरहनेछु। म परमेश्वरमाथि भरोसा राखी उहाँको बाटो हेर्नेछु। उहाँले मलाई बचाउनुहुनेछ। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। हे हाम्रा शत्रुहरू! मनमा खुसी भई हामीलाई हेरिरहने केही कारण छैन। हामी लडेका छौं तर फेरि उठिहाल्नेछौं। अहिले हामी अन्धकारमा छौं तर परमप्रभु हाम्रो ज्योति हुनुहुनेछ।
मीका 7:7-8 NERV (पवित्र बाइबल)
म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु, उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ। म लडेकेछु तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।
मीका 7:7-8 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु; मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।