मीका 5:1-5

मीका 5:1-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्‍डाले गालामा हिर्काउनेछन्‌। “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।” यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ। उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ। अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ।

शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्

मीका 5:1-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे सेनाको सहर, आफ्ना सेनाहरूलाई भेला गर्; किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकको गालामा डण्डाले हिर्काउनेछन्। “तर तँचाहिँ, हे बेथलेहेम एप्राता, यद्यपि तँ यहूदाको घरानामा सबैभन्दा सानो छस्, तर तँबाट मेरा निम्ति एक जना निस्केर आउनुहुनेछ, जसले इस्राएलमाथि शासन गर्नुहुनेछ, जसको सुरु पुरानो समयदेखि, प्राचीनकालदेखि नै छ।” यसकारण तबसम्म इस्राएल त्यागिनेछ, जबसम्म प्रसव-वेदनामा परेकी स्त्रीले एउटा पुत्र जन्माउदिन, र त्यसका बाँकी रहेका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्न आउँदैनन्। याहवेहको शक्तिमा, याहवेह आफ्ना परमेश्‍वरको महिमित नाममा उहाँ खडा हुनुहुनेछ र आफ्ना भेडाका बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्; त्यसपछि उनको महानता पृथ्वीको अन्त्यसम्म पुग्नेछ। अनि उहाँ हाम्रा शान्तिका परमेश्‍वर हुनुहुनेछ, जब अश्शूरीहरूले हाम्रो देशमाथि आक्रमण गर्छन्, र हाम्रा किल्‍लाहरूबाट भएर यात्रा गर्छन्। हामी तिनीहरूका विरुद्धमा सात जना गोठालाहरू, र आठ जना अगुवाहरूलाई पनि खडा गर्नेछौँ।

शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्

मीका 5:1-5 पवित्र बाइबल (NERV)

अब तिमी पर्खालले घेरियौ! हामी घेरामा पर्यौं। तिमीहरूले इस्रएलको न्यायकर्तालाई फलामको लौरोले गालामा हिर्काउँनेछन्। तर हे बेतलेहम एप्रात, तिमी यहूदाका बीचमा धेरै सानो छौ, तिमी जो यहूदाका हजारौंका बीचमा सानो छौ, तर तिमीबाट एउटा “इस्राएलको शासक” मेरो निम्ति आउँनेछ। उहाँको सुरुवात प्राचीन कालदेखिनै छ, धेरै-धेरै अघि देखि। यसकारण जब सम्म जन्मेको कष्टमा पर्नेले जन्माउँदैन, तब सम्म उहाँले सियोनलाई त्यागि दिनुहुनेछ। तब तिनका बाँचेका दाज्यू-भाइहरू चाहिँ इस्राएलीहरूकहाँ फर्किएर आउनेछन्। अनि ऊ खडा हुन्छ आफ्नो भेंडा़को बथानलाई परमप्रभुको शक्तिले अनि उसका परमप्रभु परमेशवरको महिमाले खुवाउँछ। तिनीहरू सुरक्षित हुनेछन् किनभने ऊ पृथ्वीको अर्को अन्त सम्म महान रहनेछ। यहीं शान्ति हुनेछ

शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्

मीका 5:1-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यरूशलेमका निवासीहरू हो! आफ्‍नो सेना भेला गर! हामी घेरामा परेका छौं! तिनीहरूले इस्राएलका अगुवाको गालामा डन्‍डाले हिर्काउनेछन्। परमप्रभु भन्‍नुहुन्‍छ, “बेथलेहेम एप्राता, यहूदाका सानोभन्दा सानो सहरहरूमध्‍ये तँ पनि एक होस् तर तँबाट म इस्राएलको निम्‍ति एउटा शासक ल्‍याउनेछु, जसको वंश प्राचीन कालदेखि नै सुरू भएको हो।” यसकारण त्‍यो छोरो जन्‍माउने स्‍त्रीले छोरो नजन्‍माएसम्‍म परमप्रभुले आफ्‍ना प्रजालाई शत्रुका हातमा छोडिदिनुहुनेछ। तब कैदी भएर देश निकालावास भएका स्‍वदेशी बन्‍धुहरू आफ्‍नै दाजुभाइहरूसँग फेरि एकसाथ जम्‍मा हुनेछन्। जब उनी आउँछन्, तब उनले परमप्रभुको शक्ति र आफ्‍ना परमेश्‍वर परमप्रभुको महामहिमामा आफ्‍ना प्रजामाथि राज्‍य गर्नेछन्। तिनका प्रजा सुरक्षासाथ बास गर्नेछन् किनभने सारा पृथ्‍वीका मानिसहरूले उनको महान्‌ता स्‍वीकार्नेछन्, र उनले शान्‍ति कायम गर्नेछन्।

शेयर गर्नुहोस्
मीका 5 पढ्नुहोस्