मीका 2:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मीका 2:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्छन्, र घरहरूको लोभ गरेर ती कब्जा गर्छन्। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्छन्।
मीका 2:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
खेतबारी चाहियो भने तिनीहरूले बलपूर्वक ती जफत गर्छन्। घर चाहियो भने पनि खोस्न पछि पर्दैनन्। कसैको पनि घर-परिवार वा सम्पत्ति सुरक्षित रहँदैन।
मीका 2:2 NERV (पवित्र बाइबल)
तिनीहरूले जमीनको चाहना गर्छन् भने तिनीहरूलाई लिन्छन्। तिनीहरूले घरहरू लिने इच्छा गर्छन भने यसलाई लिन्छन्। तिनीहरूले कुनै पनि मानिसलाई धोका दिन्छन् र उसको घर लान्छन्। तिनीहरूले एउटा मानिसलाई धोका दिन्छन् र उसको सबै चिजहरू लिनेछन्।
मीका 2:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले खेतबारीको लालसा गरेर ती खोस्छन्; अनि घरहरूको पनि लालसा गर्छन् र लैजान्छन्। तिनीहरूले मानिसका घरहरू जालझेल गरेर जफत गर्छन्; अनि तिनीहरूले तिनीहरूका पैतृक सम्पत्ति लुट्छन्।