मीका 1:1-7 - Compare All Versions

मीका 1:1-7 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा मोरेशेतमा बस्‍ने मीकाकहाँ आएको परमप्रभुको वचन— यो दर्शन जो तिनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए। हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन। हे पृथ्‍वी र त्‍यसमा भएका सबै, ध्‍यानसित सुन, कि परमप्रभु आफ्‍नो पवित्र मन्‍दिरबाट, परमप्रभु परमेश्‍वर नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्‌। हेर, परमप्रभु आफ्‍नो वासस्‍थानदेखि आउँदैहुनुहुन्‍छ। उहाँ तल ओर्लनुहुन्‍छ र पृथ्‍वीका उच्‍च स्‍थानहरूमा टेक्‍नुहुन्‍छ। आगोमा मैन पग्‍लेजस्‍तै र भिरालो ठाउँबाट पानी बगेझैँ ती पर्वतहरू उहाँको चरणमुनि पग्‍लन्‍छन्, र उपत्‍यकाहरू टुक्रिन्‍छन्‌। यी सबै याकूबको अपराधको कारण र इस्राएलका घरानाका पापको कारणले गर्दा भएका हुन्‌। याकूबको अपराध के हो त? के त्‍यो सामरिया होइन? यहूदाको अग्‍लो स्‍थान के हो? के त्‍यो यरूशलेम होइन? “यसकारण म सामरियालाई रोड़ा-ढुङ्गाको थुप्रो र दाखबारी लाउने ठाउँ बनाइदिनेछु। म त्‍यसका ढुङ्गाहरू बेँसीमा फालिदिनेछु, र त्‍यसका जगहरू नाङ्गा बनाइदिनेछु। त्‍यसका सबै मूर्तिहरू टुक्रै-टुक्रा पारिनेछन्‌। त्‍यसका सबै मन्‍दिरका उपहारहरू आगोले जलाइनेछन्‌। त्‍यसका सबै मूर्तिहरू म ध्‍वंस पारिदिनेछु। ती उपहारहरू वेश्‍याको ज्‍यालाबाट त्‍यसले सञ्‍चय गरेकी हुनाले, वेश्‍याकै ज्‍यालाहरूझैँ ती फेरि प्रयोग गरिनेछन्‌।”

शेयर गर्नुहोस्
मीका 1 NNRV

मीका 1:1-7 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

याहवेहको यो वचन, यहूदाका राजाहरू योताम, आहाज र हिजकियाका शासनकालमा, मोरेशेतमा बस्‍ने मीकाकहाँ आयो। जुन वचन तिनले सामरिया र यरूशलेमको बारेमा दर्शनमा देखेका थिए। हे जाति-जातिका मानिस हो, तिमीहरू सबैले सुन! हे पृथ्वी र त्यसमा बसोबास गर्ने सबै मानिसहरू हो, सुन! याहवेह आफ्नो पवित्र मन्दिरबाट, प्रभु याहवेह नै तिमीहरूका विरुद्धमा साक्षी होऊन्! हेर, याहवेह आफ्नो वासस्थानबाट आउँदैहुनुहुन्छ। उहाँ तल ओर्लिआउनुहुन्छ र पृथ्वीका उच्‍च स्थानहरूलाई टेक्नुहुन्छ। उहाँको पाइलामुनि पर्वतहरू पग्लिन्छन्, र उपत्यकाहरू टुक्रिन्छन्; आगोको सामु मैन पग्लिएझैँ, र भिरबाट पानी बगेजस्तै हुन्छन्। यो सबै कुरा याकोबको अपराधको कारणले गर्दा हो। इस्राएलका मानिसहरूका पापहरूको कारणले गर्दा हो। याकोबको अपराध के हो त? के यो सामरिया होइन र? यहूदाको उच्‍च स्थान के हो? के त्यो यरूशलेम होइन र? “यसकारण म सामरियालाई भग्नावशेष, र दाखबारी रोप्ने ठाउँजस्तै तुल्याइदिनेछु। म त्यसका भग्नावशेषहरू बेँसीमा फालिदिनेछु, र त्यसका जगहरूलाई उदाङ्गो पारिदिनेछु। त्यसका सबै मूर्तिहरू टुक्रा-टुक्रा पारिनेछन्; त्यसका मन्दिरका सबै उपहारहरू आगोले जलाइनेछन्; म त्यसका सबै मूर्तिहरूलाई ध्वस्त पारिदिनेछु। किनकि त्यसले आफ्ना उपहारहरू वेश्यावृत्तिको ज्यालाद्वारा जम्मा गरेकी थिई; अनि फेरि पनि तिनीहरू वेश्यावृत्तिकै ज्यालाको रूपमा प्रयोग गरिनेछन्।”

शेयर गर्नुहोस्
मीका 1 NCV

मीका 1:1-7 NERV (पवित्र बाइबल)

परमप्रभुको यो वचन मीकाकहाँ आयो। यो राजा याताम आहाज र हिजकियाहका समयमा भएको थियो। यी मानिसहरू यहूदाका राजाहरू थिए। मीका मोरेशेत बाट आएका थिए। मीकाले यो दर्शन सामरियार यरूशलेमको बिषयमा देखे। हे जाति-जातिका मानिसहरू हो! तिमीहरू सबैले सुन, हे पृथ्वी र त्यसमा बस्ने मानिसहरू सुन। मेरो मालिक, परमप्रभु उहाँको पवित्र मन्दिरबाट आउँदै हुनुहुन्छ। मेरो मालिक तिमीहरूको बिरुद्धमा एकजना साक्षी भई आउँनु हुनेछ। हेर, परमप्रभु आफ्नो वास स्थानबाट बाहिर जाँदै हुनुहुन्छ। उहाँ पृथ्वीको अग्लो ठाउँमा जानको निम्ति उभिएर तल आउँदै हुनुहुन्छ। परमप्रभु परमेश्वरको चरणमुनि पर्वत पग्लेर जानेछ, जसरि मैन आगोमा पग्लन्छ, जसरि उपत्यकाहरू टुक्रा-टुक्रा हुन्छन्। जसरी पहाडबाट पानी बगेर झर्छ। यस्तो भयो किनभने याकूबले पाप गरेको थियो। किनभने इस्रएलका कुल समुहले पाप गरेका थिए। याकूबको पाप के हो? यो सामरिया हो। यहूदाको अग्लो स्थान कुनहो? यो यरूशलेम हो। यसकारण म सामरियालाई खाली मैदानमा भग्नावशेषको थुप्रोमा परिणत गरिदिनेछु। त्यो यस्तो स्थान हुनेछ जहाँ दाख रोपिनेछ। म सामरियाका ढुङ्गाहरूलाई बेंसीमा फालिदिनेछु र त्यसका जगहरू सतहमा पुर्याइदिनेछु। म त्यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिदिनेछु। सबै धन जे त्यले कमाएको छ भस्म पारिदिनेछु र म तिनीहरूको झूटा देवताहरूको मुर्तिहरू सबै ध्वंश गरिदिनेछु, जबकि यी मूर्तिहरू वेश्याबृति मार्फत बनिएका थिए। ती मूर्तिहरू फेरि वेश्याहरूलाई नै तिर्न प्रयोग हुनेछन्।

शेयर गर्नुहोस्
मीका 1 NERV

मीका 1:1-7 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

योताम, आहाज र हिजकिया राजाहरूले यहूदामा राज्‍य गरेको बेलामा मोरेशेत सहरबाट आएका मीकालाई परमप्रभुले यो सन्‍देश दिनुभयो। परमप्रभुले मीकालाई सामरिया र यरूशलेमबारे यी कुराहरू प्रकट गर्नुभयो। “हे जाति-जातिका मानिसहरू हो, यो कुरा सुन! हे पृथ्‍वीका सबै बासिन्‍दाहरू हो, तिमीहरूले सुन! सार्वभौम परमप्रभुले तिमीहरूका विरुद्धमा साक्षी दिनुहुनेछ। सुन! उहाँ आफ्‍नो स्‍वर्गीय मन्‍दिरबाट बोल्‍नुहुन्‍छ। परमप्रभु आफ्‍नो पवित्र बासस्‍थानबाट आउँदै हुनुहुन्‍छ। उहाँ तल आउनुहुनेछ र पृथ्‍वीका उच्‍च टाकुराहरूमाथि हिंड्‍नुहुनेछ। तब पर्वतहरू उहाँको पैतालामुनि आगोमा मैन पग्‍लेझैँ पग्‍लनेछन्, डाँडाबाट पानी बगेर गएझैँ बेसीतिर ती बगिजानेछन्।” इस्राएलका मानिसहरूले पाप गरेका र परमेश्‍वरको विरुद्धमा विद्रोह गरेका हुनाले यी सबै कुरा हुनेछन्। इस्राएलका विद्रोहको निम्‍ति कसलाई दोष दिनु? के राजधानी सामरिया सहरलाई? यहूदाको मूर्तिपूजाको लागि को दोषी छ? यरूशलेम आफैं होइन र? यसकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म सामरियालाई नाश पारेर खुला मैदानमा रास बनाई थुपार्नेछु र त्‍यहाँ दाखबारी बनाउनेछु। सहरका रोडाहरू बेसीमा फालिदिनेछु र सहरका जगहरू उदाङ्गो पारिदिनेछु। त्‍यसका मूर्तिहरू सबै टुक्रा-टुक्रा पारिनेछन् र त्‍यसका मन्‍दिरका वेश्‍याहरूलाई दिइएका सबै थोक आगोले भस्‍म पारिनेछन् र त्‍यसका देवताका मूर्तिहरू ध्‍वस्‍त भएर रास लाग्‍नेछन्। सामरियाले ती थोकहरू वेश्‍याको दामस्‍वरूप बटुलेको थियो, अब त्‍यसका शत्रुहरूले अरू ठाउँमा वेश्‍याको दामस्‍वरूप ती लैजानेछन्।”

शेयर गर्नुहोस्
मीका 1 सरल नेपाली