मत्ती 9:18 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 9:18 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब उहाँले तिनीहरूलाई यी कुरा भन्दैहुनुहुन्थ्यो, तब सभाघरका एक जना शासक आए, र उहाँलाई दण्डवत् गरी भने, “मेरी छोरी भर्खरै मरी, तर आएर त्यसमाथि तपाईंको हात राखिदिनुहोस्, र त्यो जीवित हुनेछे।”
मत्ती 9:18 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले तिनीहरूलाई यी कुरा भन्दाभन्दै एउटा यहूदी शासक त्यहाँ आइपुगे। उनले येशूको पाउमा परेर बिन्ती चढाए, “हजुर, मेरी छोरी भर्खरै मरी, तर हजुरले आएर उसलाई छोइदिनुभयो भने ऊ बिउँतनेथिई।”
मत्ती 9:18 NERV (पवित्र बाइबल)
येशू यी कुराहरू भन्दै हुनुहुन्थ्यो, त्यसैबला सभाधरको एकजना प्रमुख उहाँकहाँ आए। येशूको अघि तिनले शिर झुकाए, अनि भने, “मेरी छोरी अहिले मरी कृपया आउनुहोस् र तपाईंको हात त्यसमाथि राखिदिनुहोस् अनि त्यसले आफ्नो जीवन फिर्ता पाउनेछ।”
मत्ती 9:18 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले यी कुराहरू भनिरहनुहुँदा एक जना शासकले उहाँकहाँ आएर उहाँको अगि घुँडा टेकेर भने, “मेरी छोरी भर्खरै मरी, तर तपाईं आएर त्यसमाथि आफ्नो हात राखिदिनुहोस्, र त्यो बाँच्नेछे।”