मत्ती 8:1-4

मत्ती 8:1-4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:1-4 पवित्र बाइबल (NERV)

येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:1-4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू डाँडाबाट तल झर्नुहुँदा मानिसको ठूलो धुइरोले उहाँलाई पछ्यायो। त्‍यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।” येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” तुरुन्‍तै त्‍यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्‍यो। येशूले उसलाई भन्‍नुभयो, “हेर, यो कुरा कसैलाई नभन्‍नू। तर पूजाहारीकहाँ गएर आफ्‍नो जाँच गराऊ अनि मोशाले अह्राएजस्‍तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्