मत्ती 7:15-23
मत्ती 7:15-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्। तिनीहरूका फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के काँढ़ाका बोटबाट अंगूर अथवा सिउँड़ीबाट अञ्जीर टिपिन्छ र? त्यसै गरी हरेक असल रूखले असल फल फलाउँछ। तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन, न त खराब रूखले असल फल फलाउन सक्तछ। असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फालिन्छ। यसरी ती अगमवक्ताहरूलाई तिनीहरूका फलबाट चिन्नेछौ। “मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ। त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं? तपाईंको नाउँमा भूतहरू धपाएनौं। र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’
मत्ती 7:15-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“झूटा अगमवक्ताहरूदेखि होसियार बस; जो तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्। तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। के मानिसहरूले काँडाका बोटबाट अङ्गुर अथवा सिउँडीको बोटबाट अञ्जीर टिप्छन्? यस्तै किसिमले असल रूखले असल फल फलाउँछ, तर खराब रूखले खराब फल फलाउँछ। असल रूखले खराब फल फलाउन सक्दैन। अनि खराब रूखले असल फल फलाउन सक्दैन। असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ। यसरी तिनीहरूका फलद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। “मलाई ‘प्रभु, प्रभु,’ भन्नेहरू सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन्; तर त्यसले मात्र प्रवेश गर्नेछ, जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालना गर्दछ। त्यस दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाममा अगमवाणी गरेनौँ र? अनि तपाईंको नाममा भूतहरू धपाएनौँ र? अचम्मका काम गरेनौँ र?’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ। हे अधर्म काम गर्नेहरू हो, मबाट दूर भइजाओ!’
मत्ती 7:15-23 पवित्र बाइबल (NERV)
“झूटा अगमवक्ताहरूबाट होशियार बस। तिनीहरू भेंडा़, का भेषमा तिमीहरूकहाँ आउँछन्। तर वास्तावमा तिनीहरू खतरनाक ब्वाँसाहरू झैं हुन्छन्। तिनीहरूले गरेका कामहरूबाट तिनीहरूलाई चिन्न सकिन्छ। जसरी मानिसले काँडाका बोटबाट अंगूर अथवा काँडादार पोथ्राबाट नेभारा पाउन सकिंदैन। त्यसरी नै नराम्रो मानिसहरूबाट राम्रा कामहरू हुँदैनन्। त्यसरी नै, प्रत्येक असल रूखले राम्रो फल दिन्छ। अनि नराम्रो रूखले नराम्रै फल दिन्छ। एउटा असल रूखले खराब फल फलाउँदैन अनि नराम्रो रूखले कहिल्यै असल फल फलाउँदैन।” असल फल दिन नसक्ने प्रत्येक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ। यसकारण तिनीहरूका कर्मबाट तिमीहरूले झूटा अगमवक्ताहरूलाई चिन्नेछौ। “मलाई प्रभु, प्रभु, भन्ने हरेक मानिस स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछैन। तर जसले स्वर्गमा हुनुहुने मेरो पिताको इच्छा पालन गर्छ। उसले स्वर्गको राज्यमा प्रवेश गर्न पाउनेछ। अन्तिम दिनमा धेरैले मलाई भन्नेछन्, ‘तपाईं नै हाम्रा प्रभु हुनुहुन्छ। हामीले तपाईंकै नाउँमा अगमवाणी बोल्यौ; अनि तपाईंकै नाउँमा हामीले ती दुष्टहरूलाई निकाली पठायौं अनि अनेक अनौठा चमत्काहहरू गर्यौ।’ तब म तिनीहरूलाई स्पष्ट रूपले भन्नेछु, ‘तिमी त्यो पाप काम गर्नेहरू म देखि टाढा होओ मैले तिमीहरूलाई कहिल्यै चिनेको छैन।’
मत्ती 7:15-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“नक्कली अगमवक्ताहरूदेखि होशियार होओ। तिनीहरू भेडाको जस्तै रूप लिएर आउँछन्, तर भित्र डरलाग्दा ब्वाँसाजस्ता हुन्छन्। तिमीहरूले तिनीहरूलाई उनीहरूका कामबाटै चिन्नेछौ। के काँडाको झ्याङमा अङ्गुर फल्छ र? नता सिउँडीको बोटमा नेभारा नै फल्छ। सप्रेको बोटमा त फल पनि सप्रेकै फल्छ। तर किक्रिक्क परेको बोटमा कसरी फल सप्रिन सक्छ र? नता सप्रेको रूखले नराम्रो फल फलाउँछ न रोगाएको रूखले राम्रो फल फलाउँछ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ। त्यसरी नै तिमीहरूले नक्कली अगमवक्ताहरूलाई उनीहरूले गरेका कामबाटै चिन्नेछौ। “मलाई प्रभु, हे प्रभु भन्ने सबैले परमेश्वरको राज्यमा पस्न पाउनेछैनन्। स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार काम गर्नेहरू मात्रै पस्न पाउनेछन्। त्यस दिन मलाई धेरैले यसो भन्नेछन्, ‘प्रभु, हे प्रभु, के हामीले तपाईंकै नाउँमा परमेश्वरको तर्फबाट बोलेनौं र? के तपाईंको नाउँ लिएर भूतहरू निकालेनौं र? के तपाईंको नाउँमा अचम्म-अचम्मका कामहरू गरेनौं र?’ त्यति बेला म तिनीहरूलाई भन्नेछु, ‘ए दुष्ट काम गर्नेहरू हो, तिमीहरूलाई मैले चिनेकै छैनँ। यहाँबाट गइहाल!’