मत्ती 6:9-13

मत्ती 6:9-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूले चाहिँ यसरी प्रार्थना गर्ने गर– “हे स्‍वर्गमा हुनुहुने हाम्रा परमेश्‍वर पिता, तपाईंको नाउँ पवित्र गरियोस्। तपाईंको राज्‍य आओस्, तपाईंको इच्‍छा स्‍वर्गमा पूरा भएजस्‍तै यस पृथ्‍वीमा पनि पूरा होस्। दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।]

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्