मत्ती 6:22-23
मत्ती 6:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!
मत्ती 6:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“शरीरको बत्ती आँखा हो। यदि तिमीहरूका आँखा स्वस्थ छ भने तिमीहरूको सम्पूर्ण शरीर ज्योतिले पूर्ण हुन्छ। तर यदि तिमीहरूका आँखा नै अस्वस्थ छन् भने तिमीहरूका सम्पूर्ण शरीर नै अत्यन्त अँध्यारोमा हुन्छ। यसकारण यदि तिमीहरूभित्र भएको उज्यालो नै अँध्यारो छ भने त्यो अँध्यारो कति बढी होला!
मत्ती 6:22-23 पवित्र बाइबल (NERV)
“तिम्रो शरीरको ज्योति आँखा हो। यदि तिम्रा आँखाहरू निर्मल छन् भने, तिम्रा सारा शरीर उज्यालो रहनेछ। तर यदि तिम्रा आँखा खराब छन् भने, तिम्रो सम्पूर्ण शरीर अँध्यारो हुनेछ। यदि तिम्रो उज्यालो चाहिं अँध्यारो भयो भने, त्यो घनघोर अँध्यारो हुनेछ।
मत्ती 6:22-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“शरीरको बत्तीचाहिँ आँखा हो। आँखा सफा छ भने पूरै शरीरमा उज्यालो हुन्छ। तर यदि तिम्रो आँखा धमिलो छ भने पूरै शरीर अँध्यारो हुन्छ। त्यसरी नै तिम्रो हृदयमा भएको उज्यालोचाहिँ अँध्यारो भयो भने त्यो झन् कति बढी अँध्यारो होला!