मत्ती 6:19-20
मत्ती 6:19-20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन।
मत्ती 6:19-20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“आफ्ना निम्ति पृथ्वीमा धनसम्पत्ति नथुपार, जहाँ किरा र खियाले नष्ट पार्छ, र चोरले फोरेर चोरिदिन्छ। तर आफ्ना निम्ति धनसम्पत्ति स्वर्गमा थुपार, जहाँ किरा र खियाले नष्ट पार्दैन; अनि चोरले फोरेर चोर्दैन।
मत्ती 6:19-20 पवित्र बाइबल (NERV)
“आफ्नो निम्ति पृथ्वीमा सम्पत्ति नथुपार। जहाँ खीया र किराहरूले सम्पत्ति ध्वंस पारिदिनेछ। अनि चोरहरूले पनि तिम्रो घर फोरेर त्यहाँको सम्पत्ति चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार। स्वर्गमा भएको धन-सम्पत्ति खीया र किराहरूले नष्ट पार्न सक्दैन। चोरले पनि त्यहाँ पसेर चोर्न सक्दैन।
मत्ती 6:19-20 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“आफ्नो लागि पृथ्वीमा धन-सम्पत्ति नथुपार। यहाँ थुपारेको सम्पत्तिमा त किरा लाग्छ, खियाले खान्छ र चोरले चोर्छ। आफ्नो लागि स्वर्गमा नै धन-सम्पत्ति जम्मा गर। त्यहाँ न किरा लाग्छ न खियाले खान्छ न ता चोरले नै चोर्छ