मत्ती 5:6-12

मत्ती 5:6-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

धन्‍य धार्मिकताको निम्‍ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्‍त हुनेछन्‌। धन्‍य दयावन्‍तहरू, किनभने तिनीहरूले दया पाउनेछन्‌। धन्‍य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्‌। धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌। धन्‍य धार्मिकताको निम्‍ति सताइनेहरू, किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो। “धन्‍य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्‍दा गर्नेछन्‌ र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्‍नेछन्‌। तब रमाओ, र अत्‍यन्‍त खुसी होओ, किनभने स्‍वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्‍दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:6-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्‍त हुनेछन्। दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्। शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्। मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्‍वरका सन्तान कहलाइनेछन्। धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। “तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् र तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्‍ट कुराहरू गर्छन्। तब आनन्द मनाओ र खुशी होओ; किनभने स्वर्गमा तिमीहरूका लागि ठूलो प्रतिफल छ। तिमीहरूभन्दा अगिका अगमवक्ताहरूलाई पनि यसरी नै तिनीहरूले सताएका थिए।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:6-12 पवित्र बाइबल (NERV)

धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ। “धन्य हौ तिमीहरू जब मानिसहरूले तिमीहरूको निन्दा गर्नेछन् र खेदो गर्नेछन्। झूटो बोलेर हरेक किसिमका दुष्ट कुरा गरेर तिमीहरूको खेदो गर्नेछन्, किनभने तिमीहरू मेरा चेलाहरू हौ। सुखी र खुशी बन। स्वर्गमा तिमीहरूलाई ठूलो इनाम मिल्नेछ। किनभने तिमीहरूका अघिका अगमवक्तहरूलाई तिनीहरूले यसरीनै व्यवहार गरेका थिए।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:6-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमेश्‍वरको हरेक आज्ञा र इच्‍छा पूरा होस् भनेर सम्‍पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरूले परमेश्‍वरलाई देख्‍नेछन्। मेलमिलाप गराउनेहरू कति धन्‍य हुन्! किनभने तिनीहरू परमेश्‍वरका सन्‍तान कहलिनेछन्। परमेश्‍वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्‍य हुन्! किनभने परमेश्‍वरको राज्‍य तिनीहरूकै हो। “मलाई विश्‍वास गरेकोले मानिसहरूले तिमीहरूलाई दु:ख दिए, निन्‍दा गरे र तिमीहरूको विरुद्धमा सबै किसिमका नराम्रा कुराहरू बोले भने तिमीहरू धन्‍य हौ! त्‍यति बेला तिमीहरू खुसी र आनन्‍दित होओ किनभने तिमीहरूको लागि स्‍वर्गमा ठूलो इनाम राखिएको छ। उहिलेका अगमवक्ताहरूलाई पनि मानिसहरूले त्‍यसरी नै दु:ख दिएर सताएका थिए।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:6-12

मत्ती 5:6-12 NNRVमत्ती 5:6-12 NNRVमत्ती 5:6-12 NNRVमत्ती 5:6-12 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्