मत्ती 5:3-6
मत्ती 5:3-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्।
मत्ती 5:3-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। नम्र हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्त हुनेछन्।
मत्ती 5:3-6 पवित्र बाइबल (NERV)
“ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ।
मत्ती 5:3-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“आफूलाई आत्मामा गरीब ठान्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले पृथ्वीमा अधिकार गर्न पाउनेछन्। परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ।