मत्ती 5:21 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 5:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्या नगर्नू, र जसले हत्या गर्छ त्यो दण्डको योग्य हुनेछ।’
मत्ती 5:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
“उहिलेका मानिसहरूलाई ‘मान्छे नमार्नू, मार्यौ भने दण्ड पाउनेछौ’ भनिन्थ्यो। यो त तिमीहरूलाई थाहै छ।
मत्ती 5:21 NERV (पवित्र बाइबल)
“तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’
मत्ती 5:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’