मत्ती 5:20-26

मत्ती 5:20-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने म तिमीहरूलाई भन्‍दछु, तिमीहरूको धार्मिकता शास्‍त्री र फरिसीहरूको भन्‍दा बढ़ी भएन भने तिमीहरू कुनै रीतिले स्‍वर्गको राज्‍यमा प्रवेश गर्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयका मानिसहरूलाई यसो भनिएको थियो, ‘तैंले हत्‍या नगर्नू, र जसले हत्‍या गर्छ त्‍यो दण्‍डको योग्‍य हुनेछ।’ तर म तिमीहरूलाई भन्‍दछु, जो कोही आफ्‍नो भाइसँग क्रोध गर्दछ त्‍यो दण्‍डको योग्‍य हुनेछ, र जसले आफ्‍नो भाइको अपमान गर्दछ, त्‍यो महासभामा जवाफदेही हुनेछ। तर जसले आफ्‍नो भाइलाई ‘तँ मूर्ख’ भन्‍छ, त्‍यो नरकको आगोमा पर्ने जोखिममा हुनेछ। “यसकारण तिमीले वेदीमा आफ्‍नो भेटी चढ़ाउँदा तिम्रो भाइको हृदयमा तिम्रो विरुद्धमा केही छ भन्‍ने तिमीलाई याद भयो भने, तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ। “तिम्रो वादीसँग अदालतमा जाँदा बाटोमै मिलाप गरिहाल, नत्रता वादीले तिमीलाई न्‍यायाधीशको हातमा सुम्‍पिदेला र न्‍यायाधीशले अधिकृतको हातमा सुम्‍पिदेलान्, र तिमी झ्‍यालखानमा पर्नेछौ। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीले एक-एक पैसा चुक्ता नगरुञ्‍जेल तिमी त्‍यहाँबाट उम्‍कनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:20-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

किनकि म तिमीहरूलाई भन्दछु, तिमीहरूको धार्मिकता फरिसी र व्यवस्थाका शिक्षकहरूको भन्दा बढी भएन भने तिमीहरू कदापि स्वर्गको राज्यमा पस्‍न पाउनेछैनौ। “तिमीहरूले सुनेका छौ, मानिसहरूलाई धेरै अगि के भनिएको थियो, ‘हत्या नगर्नू, अनि जसले हत्या गर्छ, त्यो दण्डको योग्य हुनेछ।’ तर म भन्दछु, जो आफ्नो भाइसित रिसाउँछ त्यो न्यायमा पर्छ। अनि जसले आफ्नो भाइलाई ‘ए मूर्ख’ भन्छ, त्यो महासभामा लगिने योग्यको हुन्छ। तर जसले ‘तँ मूर्ख!’ भन्छ, त्यो नरकको आगोमा पर्ने जोखिममा हुन्छ। “यसकारण तिमीले वेदीमा आफ्नो भेटी चढाउँदैगर्दा यदि तिम्रो विरुद्धमा तिम्रो भाइको केही कुरा छ भन्‍ने सम्झना आयो भने, तिम्रो भेटी त्यही वेदीकै सामु छोड। पहिले जाऊ र तिम्रो भाइसित मिलाप गर: अनि आएर बल्‍ल आफ्नो भेटी चढाऊ। “तिमीलाई अदालतमा लैजाने विरोधीसित झट्टै कुरा मिलाइहाल। यो काम तिमी ऊसँग बाटोमा हुँदै गरिहाल। नत्रता उसले तिमीलाई न्यायाधीशकहाँ सुम्पिदेला, र न्यायाधीशले तिमीलाई अधिकारीकहाँ सुम्पिदेलान्। अनि तिमी झ्यालखानामा परौला। म तिमीलाई साँच्‍चै भन्छु, एक-एक पैसा नतिरुन्जेल तिमी त्यहाँबाट बाहिर निस्कन पाउनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:20-26 पवित्र बाइबल (NERV)

म भन्दछु धर्मशास्त्री र फरिसीहरूको भन्दा तिमीहरूले राम्रो काम गर्नु पर्छ। यदि तिमीहरूले तिमीहरूलाई उछिन्न सकेनौ भने तिमीहरूले स्वर्गको राज्यमा प्रवेश गर्न सक्नेछैनौ। “तिमीहरूले सुनेका छौ, प्राचीन समयकाहरूलाई यसो भनिएको थियो, ‘कसैको हत्या नगर्। जसले हत्या गर्छ, त्यो व्यवस्था समक्ष उभिनु पर्नेछ।’ तर म तिमीहरूलाई भन्दछु, कोही अन्य मानिससित नरिसाओ। सबैजना तिम्रा भाइ हुन्। यदि तिमी अरू मानिससंग रिसाउँछौ भने, तिमी इन्साफको निम्ति खड़ा हुनु पर्नेछ। यदि तिमीले अर्को मानिससित नराम्रा कुरा गर्यौ भने तिमी यहूदीहरूको महासभाको समक्ष उभिनु पर्नेछ। यदि अर्को मानिसलाई ‘मुर्ख’ भन्छौ भने तिमी नरकको आगोमा फालिइनु पर्नेछ। “जब तिमीले परमेश्वरलाई भेटी चढाउँछौ त्यसबेला तिमी अरूहरूलाई पनि सम्झ। यदि तिमीले वेदीमा भेटी चढाउँदा तिम्रो विरुद्धमा तिम्रो भाइको हृदयमा केही छ भन्ने सम्झ्यौ भने, त्यही वेदीको छेउमा तिम्रो भेटी छोड। पहिला तिमी फर्केर जाऊ अनि त्यो मानिससित मिलाप गर। त्यसपछि आफ्नो भेटी वेदीमा चढाऊ। “यदि तिम्रो विरोधीले तिमीलाई न्यायालयमा लाँदैछ भने उसित मिलाप गरिहाल। न्यायलय पुग्नु अघिनै तिमीले यसो गर। यदि तिमी उसको साथी बन्न असफल भयौ भने उसले तिमीलाई न्यायाधीशको हातमा सुम्पिदेला, न्यायाधीशले तिमीलाई प्रहरीको हातमा सुम्पिदेलान् अनि तिमीलाई झ्यालखानामा थुनिदिनेछ। म तिमीलाई भन्दछु कि तिमीले ऋणको अन्तिम पैसा नतिरुन्जेल तिमी त्यहाँबाट कुनै तरिकाले उम्कने छैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्

मत्ती 5:20-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यसैकारण म तिमीहरूलाई भन्‍छु, व्यवस्थाका आज्ञाहरूलाई धर्म-गुरु र फरिसीहरूले भन्दा राम्ररी पालन गरेनौ भने तिमीहरू परमेश्‍वरको राज्‍यमा पस्‍न पाउनेछैनौ। “उहिलेका मानिसहरूलाई ‘मान्‍छे नमार्नू, मार्‍यौ भने दण्‍ड पाउनेछौ’ भनिन्‍थ्‍यो। यो त तिमीहरूलाई थाहै छ। तर म तिमीहरूलाई भन्‍छु, [कारणबिना नै] भाइसँग रिसाउनेले पनि दण्‍ड पाउनेछ। कसैले आफ्‍नो भाइलाई मूर्ख भन्‍यो भने त्‍यसले सभामा जवाफ दिनुपर्छ। आफ्‍नो भाइलाई सराप्‍ने त झन् नरकको आगोमैपर्नेछ। “यसकारण परमेश्‍वरलाई भेटी चढाउनुभन्दा अघि तिम्रो भाइ तिमीसँग रिसाएको थाहा पायौ भने आफ्‍नो भेटी वेदीकै अघि छोडी तुरुन्‍तै गएर आफ्‍नो भाइसँग मिलाप गर। त्‍यसपछि मात्रै आएर आफ्‍नो भेटी चढाऊ। “अदालतमा पुग्‍नुभन्दा अघि, मौका हुँदै आफ्‍नो झगडियासँग मेलमिलाप गरिहाल। नत्रता उसले तिम्रो विरुद्धमा न्‍यायाधीशकहाँ उजुर गर्नेछ अनि न्‍यायाधीशले तिमीलाई सिपाहीको जिम्‍मा लाउनेछ र तिमी थुनामापर्नेछौ। साँच्‍चै म तिमीलाई भन्‍छु, त्‍यस बेला जरिमानाको एक-एक पैसा नतिरेसम्‍म तिमी त्‍यहाँबाट उम्‍कन पाउनेछैनौ।

शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्