मत्ती 5:1-10
मत्ती 5:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़लाई देखेर उहाँ डाँड़ामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो: “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।
मत्ती 5:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले जब भीडलाई देख्नुभयो, तब उहाँ डाँडामा उक्लनुभयो र बस्नुभयो। उहाँका चेलाहरू उहाँ नजिक आए। अनि उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: उहाँले भन्नुभयो: “आत्मामा दीन हुनेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्। नम्र हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू धन्य हुन्, किनभने तिनीहरू तृप्त हुनेछन्। दया गर्नेहरू धन्य हुन्, किनभने तिनीहरूले दया पाउनेछन्। शुद्ध हृदय हुनेहरू धन्य हुन्, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मेलमिलाप गराउनेहरू धन्य हुन्, किनभने तिनीहरू परमेश्वरका सन्तान कहलाइनेछन्। धार्मिकताका निम्ति सतावटमा पर्नेहरू धन्य हुन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो।
मत्ती 5:1-10 पवित्र बाइबल (NERV)
येशूले त्यहाँ भएका धेरै मानिसहरूलाई देख्नु भयो। येशू डाँडामा उक्लेर बस्नुभयो। उहाँका चेलाहरू पनि उहाँको नजिक आएका थिए। उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। उहाँले भन्नुभयो, “ती मानिसहरू धन्य हुन् जसले आफूलाई आत्मिक रूपले दरिद्र छौं भनी बुझेका छन्, किनभने स्वर्गको राज्य तिनीहरूकै हो। अहिले शोक गर्नेहरू धन्यकाहुन्, किनभने परमेश्वरले तिनीहरूलाई सान्तवना दिनुहुनेछ। धन्य नम्र हुनेहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताका निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई तृप्त पार्नु हुनेछ। धन्य अरू प्रति दया देखाउनेहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। धन्य मेल-मिलाप गराउनेहरू, किनभने परमेश्वरले तिनीहरूलाई आफ्ना छोरा-छोरी भन्नुहुनेछ। धन्य धार्मिकताको निम्ति सताइएकाहरू, किनभने स्वर्गका राज्य तिनीहरूकै हुनेछ।
मत्ती 5:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूको ठूलो धुइरो लागेको देखेर येशू डाँडामाथि गई बस्नुभयो र चेलाहरू पनि आएर उहाँका वरिपरि बसे। अनि उहाँले तिनीहरूलाई शिक्षा दिँदै यसो भन्नुभयो– “आफूलाई आत्मामा गरीब ठान्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो। शोक गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले तिनीहरूलाई मनमा शान्ति दिनुहुनेछ। नम्र हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले पृथ्वीमा अधिकार गर्न पाउनेछन्। परमेश्वरको हरेक आज्ञा र इच्छा पूरा होस् भनेर सम्पूर्ण हृदयले तिर्सना गर्नेहरू कति धन्य हुन्! किनभने तिनीहरूको तिर्सना पूरा गरिनेछ। दया गर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरले पनि तिनीहरूलाई दया गर्नुहुनेछ। शुद्ध मन हुनेहरू कति धन्य हुन्! किनभने तिनीहरूले परमेश्वरलाई देख्नेछन्। मेलमिलाप गराउनेहरू कति धन्य हुन्! किनभने तिनीहरू परमेश्वरका सन्तान कहलिनेछन्। परमेश्वरको आज्ञाहरू पालन गर्दा खेदोमा पर्नेहरू कति धन्य हुन्! किनभने परमेश्वरको राज्य तिनीहरूकै हो।