मत्ती 4:9-10
मत्ती 4:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र उहाँलाई भन्यो, “तपाईंले घोप्टेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु।” तब येशूले त्यसलाई भन्नुभयो, “शैतान, तँ दूर होइजा! किनभने लेखिएको छ, ‘तैंले परमप्रभु आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्मत्ती 4:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि उहाँलाई भन्यो, “यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।” त्यसपछि येशूले त्यसलाई भन्नुभयो, “हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ ”
शेयर गर्नुहोस्
मत्ती 4 पढ्नुहोस्