मत्ती 4:21 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 4:21 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँबाट जाँदाजाँदै उहाँले अर्का दुई भाइ, जब्दियाका छोराहरू याकूब र तिनका भाइ यूहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुनिरहेका देख्नुभयो, र उहाँले तिनीहरूलाई बोलाउनुभयो।
मत्ती 4:21 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
त्यसपछि उहाँले जब्दियाका दुई छोरा याकूब र यूहन्नालाई भेट्नुभयो। तिनीहरू आफ्ना बुबा जब्दियासँग नाउमा बसेर जाल तुन्दै थिए। येशूले तिनीहरूलाई पनि बोलाउनुभयो।
मत्ती 4:21 NERV (पवित्र बाइबल)
गालील झील भएर येशू हिंड्दै जानुभयो। उहाँले अरू दुइजना दाज्यू-भाइलाई देख्नुभयो, याकूब र यूहन्ना ती जब्दीका छोराहरू थिए। तिनीहरूले जाल बुन्दै गरेका देख्नु भयो। येशूले ती दुइ दाज्यू-भाइलाई पनि बोलाउनु भयो।
मत्ती 4:21 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि त्यहाँबाट अगि जाँदै गर्नुहुँदा उहाँले अरू दुई भाइहरू, जब्दीको छोरा याकोब र तिनका भाइ यूहन्नालाई देख्नुभयो। तिनीहरू आफ्ना पिता जब्दीसित डुङ्गामा आफ्नो जाल तयार पार्दैथिए। येशूले तिनीहरूलाई बोलाउनुभयो