सामग्रीमा जानुहोस्

मत्ती 3:2-3 - सबै संस्करणहरू तुलना गर्नुहोस्

मत्ती 3:2-3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“पश्‍चात्ताप गर, किनभने स्‍वर्गको राज्‍य नजिक आएको छ।” किनभने यी तिनै हुन्, जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो: “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।”

मत्ती 3 NNRV

मत्ती 3:2-3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

“आ-आफ्‍नो पाप मानिलेऊ र त्‍यो छोड किनभने परमेश्‍वरको राज्‍य आइसक्‍न लागेको छ।” अब यशैया अगमवक्ताले पनि यिनै यूहन्‍नाको बारेमा अघिबाट नै यसरी भनेका थिए– “सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, ‘परमप्रभु आउनुहुने बाटो ठीक पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ’!”

मत्ती 3 सरल नेपाली

मत्ती 3:2-3 NERV (पवित्र बाइबल)

तिनले भने, “पश्चाताप गर, आफ्नो हृदय र रहन-सहन परिवर्तन गर, किनभने स्वर्गको राज्य चाँडै आउन लागेको छ।” बप्तिस्मा दिने यूहन्ना उही हुन् जसको विषयमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो। यशैयाले भनेका थिए, “मरुभूमिमा एकजना कराइरहेछन्: ‘परमप्रभुको बाटो तयार पार। उहाँका मार्गहरू सोझोबनाऊ।’”

मत्ती 3 NERV

मत्ती 3:2-3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“पश्‍चात्ताप गर; किनकि स्वर्गको राज्य नजिकै आएको छ।” यी तिनी नै हुन्, जसको बारेमा यशैया अगमवक्ताले यसो भनेका थिए: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।’”

मत्ती 3 NCV