मत्ती 3:13-16
मत्ती 3:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशू गालीलबाट यूहन्नाकहाँ तिनीद्वारा बप्तिस्मा लिन यर्दनमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “बरु मलाई पो तपाईंबाट बप्तिस्मा लिनु आवश्यक छ, र के तपाईं मकहाँ आउनुहुने?” तर येशूले तिनलाई भन्नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्ना राजी भए। अनि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनुभयो, अनि स्वर्ग उघ्रियो, र उहाँले परमेश्वरका आत्मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्नुभयो।
मत्ती 3:13-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशू गालीलबाट यूहन्नाद्वारा बप्तिस्मा लिन यर्दन नदीमा आउनुभयो। तर यूहन्नाले यसो भनेर उहाँलाई रोक्न खोजे, “मलाई पो तपाईंबाट बप्तिस्मा हुनु खाँचो छ, तर तपाईं पो मकहाँ आउँदैहुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “अहिले यसै हुन देऊ। सबै धार्मिकता पूरा हुनलाई हाम्रा लागि यो गर्नु नै उचित छ।” तब यूहन्ना राजी भए। येशूले जब बप्तिस्मा लिनुभयो, तब उहाँ पानीबाट निस्केर माथि आउनुभयो। त्यस बेला स्वर्ग उघ्रियो। अनि उहाँले परमेश्वरको आत्मालाई ढुकुरझैँ ओर्लंदै गर्नुभएको र आफूमाथि बस्न आउँदै गर्नुभएको देख्नुभयो।
मत्ती 3:13-16 पवित्र बाइबल (NERV)
त्यसैबेला येशू गालील भएर यर्दन नदीमा आउनुभयो येशू यूहन्नाद्वारा बप्तिस्मा लिनका निम्ति यूहन्नाकहाँ आउनुभयो। तर यूहन्नाले उनी येशूलाई बप्तिस्मा दिनु योग्यको छैनन्-भन्ने कोशिश गरे उनले सोधे, “तपाईं मकहाँ बप्तिस्मा लिन किन आउनुभयो? म आफैंले तपाइँबाट बप्तिस्मा लिनु पर्ने हो।” येशूले भन्नुभयो, “अहिलेलाई यस्तै हुनदेऊ। हामीले यसरीनै सही कुरा गर्नु पर्छ।” त्यसपछि यूहन्ना येशूलाई बप्तिस्मा दिन राजी भए। त्यसपछि येशू बप्तिस्मा लिएर तुरुन्तै पानीबाट माथि निस्कनु भयो। स्वर्ग उहाँको निम्ति उघ्रियो अनि परमेश्वरको आत्मा ढुकुर जस्तै आफूमाथि आइरहेको देख्नु भयो।
मत्ती 3:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यस समय येशू गालीलबाट आइपुग्नुभयो र यूहन्नाबाट बप्तिस्मा लिन यर्दन नदीमा जानुभयो। तर यूहन्नाले उहाँलाई रोक्न खोजेर यसो भने, “मैले त होइनँ, हजुरले पो मलाई बप्तिस्मा दिनुपर्थ्यो। तर अब हजुर मकहाँ पो आउनुभयो!” येशूले उनलाई भन्नुभयो, “यसै हुन देऊ, परमेश्वरको हरेक इच्छा पूरा गर्न हामीले अहिले यसरी नै गर्नुपर्छ।” यो कुरा मानेर यूहन्नाले येशूलाई बप्तिस्मा दिए। बप्तिस्मा लिइसक्नुभएपछि येशू झट्टै पानीबाट निस्कनुभयो, त्यति बेला स्वर्ग उघ्रियो र उहाँले परमेश्वरको आत्मालाई ढुकुरजस्तै आफूमाथि आइरहनुभएको देख्नुभयो।