मत्ती 27:51-53
मत्ती 27:51-53 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे। चिहानहरू उघारिए, र सुतिगएका धेरै सन्तहरूका मृत शरीर जीवित भई उठे, र तिनीहरू चिहानहरूबाट निस्के, र मृतकबाट येशूको पुनरुत्थान भएपछि तिनीहरू पवित्र सहरमा प्रवेश गरे र धेरैकहाँ देखा परे।

मत्ती 27:51-53 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे। चिहानहरू उघारिए अनि मरेर गएका धेरै पवित्र जनका शरीरहरू जीवित भई उठे। तिनीहरू चिहानबाट बाहिर निस्किआए, र येशू पुनर्जीवित भएपछि तिनीहरू पवित्र सहरमा गए र धेरै मानिसहरूकहाँ देखा परे।
मत्ती 27:51-53 पवित्र बाइबल (NERV)
जब येशू मर्नु भयो, मन्दिरको पर्दा आफैं दुइ टुक्रा भएर च्यातियो। त्यो टुप्पादेखि फेदसम्म वारपार च्यातियो। एकाएक भूकम्प गयो अनि चट्टानहरू फाटे। चिहानहरू उघ्रिए, अनि परमेश्वरका मरिसकेका धेरै मानिसहरू चिहानबाट बौरी उठे। येशू बौरी उठ्नु भए पछि, ती मानिसहरू चिहानबाट बौरी उठे र ती नगरका थुप्रै मानिसहरूकहाँ देखापरे।
मत्ती 27:51-53 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब हेर, त्यही समयमा मन्दिरभित्र टाँगिएको पर्दा माथिदेखि तलसम्मै दुई भाग भएर च्यातियो। भूइँचालो गयो, पहराहरू फुटे, चिहानहरू उघ्रिए र मरिसकेका परमेश्वरका धेरै जनहरू बिउँते। येशू मरेकोबाट बिउँतनुभएपछि तिनीहरू आ-आफ्ना चिहानबाट निस्केर पवित्र सहरमा पसे र धेरै मानिसहरूकहाँ देखा परे।