मत्ती 27:42 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 27:42 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
“यसले अरूलाई त बचायो, आफूलाई चाहिँ बचाउन सक्दैन। यो इस्राएलको राजा हो। अहिले क्रूसबाट तल ओर्लेर आओस्, र हामी यसलाई विश्वास गर्नेछौं।
मत्ती 27:42 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भने, “त्यसले अरूलाई त बचायो, तर हेर, आफैंलाई चाहिँ बचाउन सकेन। यदि यो इस्राएलीहरूकै मुक्ति दिने राजा हो भने क्रूसबाट ओर्लिएर आओस् अनि पो हामी विश्वास गरौंला!
मत्ती 27:42 NERV (पवित्र बाइबल)
तिनीहरूले भने, “उनले अरूलाई बचाएका छन्। तर आफैंलाई उनले बँचाउन सकेनन्। मानिसहरूका अनुसार उनी नै इस्राएलका राजा हुन्। यदि उनी न इस्राएलका राजा हुन भने, अब उनी आफैं क्रूसबाट ओर्लेर आउनु पर्छ। त्यसपछि हामी उनलाई विश्वास गर्नेछौं।
मत्ती 27:42 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले भने, “यसले अरूलाई त बचायो, तर आफैँलाई चाहिँ बचाउन सक्दैन! यो इस्राएलको राजा हो! अहिले यो क्रूसबाट तल ओर्ली आओस्, तब हामी यसलाई विश्वास गर्नेछौँ।