मत्ती 24:7-13

मत्ती 24:7-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

किनभने जातिको विरुद्धमा जाति, र राज्‍यको विरुद्धमा राज्‍य उठ्‌नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्‍प हुनेछन्‌। तर यी सब त प्रसववेदनाको सुरु मात्र हो। “तब तिनीहरूले तिमीहरूलाई सङ्कष्‍टको लागि सुम्‍पिदिनेछन्, र तिमीहरूलाई मार्नेछन्, र मेरो नाउँको खातिर सबै जातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्‌। तब धेरै जना भड्‌केर जानेछन्, र ठेस खानेछन्, र एउटाले अर्कालाई विश्‍वासघात गरेर सुम्‍पिदिनेछ र घृणा गर्नेछ। धेरै झूटा अगमवक्ताहरू खड़ा हुनेछन्, र धेरैलाई बहकाउनेछन्‌। दुष्‍टता बढ़ेको हुनाले धेरैको प्रेम सेलाएर जानेछ। तर आखिरसम्‍म स्‍थिर रहनेचाहिँ बचाइनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:7-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्। यी सबै प्रसववेदनाका सुरुवात मात्र हुन्। “तब तिनीहरूले तिमीहरूलाई सताइनका लागि र मारिनका लागि सुम्पिइनेछन्; अनि मेरा निम्ति सबै राष्ट्रहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यस बेला धेरै जना विश्‍वासबाट पछि हट्नेछन्, र एक-आपसमा विश्‍वासघात र घृणा गर्नेछन्। अनि धेरै झूटा अगमवक्ताहरू देखा परेर धेरैलाई भ्रममा पार्नेछन्। दुष्‍टता बढेकोले धेरैको प्रेम सेलाउनेछ, तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसको उद्धार गरिनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:7-13 पवित्र बाइबल (NERV)

किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ। यी सबै थोक सुत्केरी व्याथा लागे झैं आइलाग्ने छन्। “त्यसपछि तिमीहरूलाई मानिसहरूले नराम्रो व्यवहार गर्नेछन्। मानिसहरूले तिमीहरूलाई शासकहरूको हातमा सुम्पने र सताउनेछन् र मार्नेछन्। तिमीहरूले ममाथि विश्वास गरेकै कारण मानिसहरूद्वारा तिमीहरू घृणित हुनेछौ। त्यसबेला धेरै विश्वासीहरूले आफ्नो विश्वास हराउनेछन्। तिनीहरूले एका-अर्कालाई विरोध गर्नेछन् र एक-अर्कालाई घृणा गर्नेछन्। अनेकौं झूटा अगमवक्ताहरू निस्कनेछन्। तिनीहरूले मानिसहरूलाई झूटो कुराहरूमा विश्वास गराउने कोशिश गर्नेछन्। संसारैभरि थुप्रै दुष्टहरूदेखा पर्नेछन्। अनि एकदमै विश्वासीहरूले प्रेम देखाउने छैनन्। तर अन्त्यसम्मै जो दृढ रहन्छ उही नै सुरक्षित हुनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्

मत्ती 24:7-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। अनि एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ। यी कुराहरू त दु:खको सुरु मात्रै हो। “त्‍यस बेला मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सजाय दिन लैजानेछन्, अझै मार्ने पनि छन्। मेरो कारणले गर्दा सबै जातिका मानिसहरूले तिमीहरूलाई घृणा गर्नेछन्। त्‍यस बेला धेरैले आफ्‍नो विश्‍वासलाई त्‍याग्‍नेछन्, एकले अर्कालाई धोखाबाजी गर्नेछन्, घृणा गर्नेछन्। धेरै झूटा अगमवक्ताहरू निस्‍केर धेरै मानिसहरूलाई छकाउनेछन्। जताततै दुष्‍टता बढ्‍ने हुनाले धेरै मानिसहरूको प्रेम पनि सेलाएर जानेछ। तर आखिरसम्‍मै स्‍थिर रहनेहरूचाहिँ बचाइनेछ।

शेयर गर्नुहोस्
मत्ती 24 पढ्नुहोस्