मत्ती 24:6-7
मत्ती 24:6-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले युद्धहरू र युद्धहरूका हल्ला सुन्नेछौ। नघबराओ, किनकि यी हुनु आवश्यक नै छन्, तर अन्त्य त त्यत्ति नै बेला हुँदैन। किनभने जातिको विरुद्धमा जाति, र राज्यको विरुद्धमा राज्य उठ्नेछ, र ठाउँ-ठाउँमा अनिकाल र भूकम्प हुनेछन्।
मत्ती 24:6-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले लडाइँहरू र लडाइँहरूका हल्लाहरू सुन्नेछौ, तर तिमीहरू नडराउनू। यस्ता कुराहरू त हुनैपर्छ; तर अन्त्य आउन अझै बाँकी नै छ। जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ। धेरै ठाउँहरूमा अनिकाल र भुइँचालाहरू जानेछन्।
मत्ती 24:6-7 पवित्र बाइबल (NERV)
तिमीहरूले लँडाईका बारेमा सुन्नेछौ। अनितिमीहरूले अब हुने लँडाईका बारेमा पनि समाचार सुन्नेछौ। तर डराउनु पर्दैन। यी सब घट्नाहरू हुनैपर्छ। तर अन्त्य अझ आइहाल्ने छैन। किनभने एक जातिले अर्को जातिको विरोध गर्नेछ अनि राज्य राजयको विरोधमा युद्ध हुनेछ। अनि धेरै ठाउँमा अनिकाल लाग्नेछ अनि भूँईचालो जानेछ।
मत्ती 24:6-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले लडाइँ भयो भन्ने र लडाइँ हुने हल्लाहरू सुन्नेछौ। तर त्यस बेला तिमीहरू नडराउनू। ती सबै कुराहरू त हुनु नै पर्छ, तर त्यति नै खेर त संसारको अन्त हुँदैन। जाति-जातिको बीचमा लडाइँ चल्नेछ। अनि एउटा राज्यले अर्को राज्यमाथि हमला गर्नेछ। जताततै अनिकालपर्नेछ र भूइँचालो जानेछ।