मत्ती 23:1-3
मत्ती 23:1-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब येशूले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “शास्त्रीहरू र फरिसीहरू मोशाको आसनमा बस्तछन्। यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरेजस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन्, तर त्यसअनुसार गर्दैनन्।
मत्ती 23:1-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्नुभयो: “व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्।
मत्ती 23:1-3 पवित्र बाइबल (NERV)
तब येशूले मानिसहरू र आफ्ना चेलाहरूसँग कुराकानी गर्नुभयो। येशूले भन्नुभयो, “कानूनका शास्त्रीहरू र फरिसीहरूलाई मोशाको नियमको विषयमा शिक्षादिने अधिकार छ। यसर्थ तिनीहरूले सिकाएको कुरा पालन गर्नु पर्छ। तिनीहरूले अह्राएका कामहरू गर्नु। तर तिनीहरूको जीवनशैलीको अनुशरण नगर्नु। तिनीहरू केही गर्न भनि तिमीहरूलाई अह्राउँछन् तर आफू चाँहि केही गर्देनन्।
मत्ती 23:1-3 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले मानिसहरूको धुइरो र आफ्ना चेलाहरूलाई भन्नुभयो, “हेर, धर्म-गुरु र फरिसीहरूले मोशाका व्यवस्था सिकाउने अधिकार पाएका छन्। यसकारण तिमीहरूले उनीहरूले भनेका सबै कुरा गर्नू। तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर्नू किनभने तिनीहरूले अरूलाई त सिकाउँछन्, तर आफूचाहिँ गर्दैनन्।