मत्ती 21:8-9
मत्ती 21:8-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़मा धेरैले आफ्ना वस्त्र बाटोमा ओछ्याए, र अरूहरूले रूखका हाँगा काटेर बाटोमा बिछ्याइदिए। उहाँको अगि र पछि लागेका भीड यसो भन्दै कराए, “दाऊदका पुत्रलाई होसन्ना! धन्य उहाँ, जो परमप्रभुको नाउँमा आउनुहुन्छ! परमधाममा होसन्ना!’
मत्ती 21:8-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एउटा धेरै ठूलो भीडले तिनीहरूका लुगाहरू बाटोमा ओछ्याइदिए; अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाइदिए। उहाँको अगि र पछि लागेका भीडहरू, र ती पछ्याउनेहरूले यसो भन्दै कराए, “दावीदका पुत्रलाई होसन्ना!” “धन्य उहाँ, जो प्रभुको नाममा आउनुहुन्छ!” “परमधाममा होसन्ना।”
मत्ती 21:8-9 पवित्र बाइबल (NERV)
येशू यरूशलेम तिर जाने बाटामा गधामा चढेर जानुभयो। धेरै मानिसहरूले येशूको निम्ति बाटोमा वस्त्रहरू ओछ्याइदिएका थिए। अरू मानिसहरूले रूखका हाँगाहरू काटे र बाटोमा ओछ्याई दिए। केही मानिसहरू येशूको अधि-अधि हिंड्दै थिए। कोही मानिसहरू येशूको पछि-पछि हिंडदै थिए। मानिसहरू यसो भन्दै कराउन लागे, “दाऊदको पुत्र होसन्ना! ‘प्रभुको नाउँमा आउने धन्यका हुन्!’ स्वर्गको परमेश्वरको प्रशंसा गर।”
मत्ती 21:8-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मानिसहरूले आ-आफ्ना खास्टोहरू फुकालेर बाटोमा ओछ्याइदिए। अरू कतिले चाहिँ स्याउलाहरू ल्याएर बाटोमा ओछ्याइदिए। येशूको अघि र पछि हिँड्ने सबै मानिसहरूले यसो भन्दै जयजयकार गर्न थाले, “दाऊद-पुत्रको जय होस्! परमप्रभुको नाउँमा आउनुहुने कति धन्य हुनुहुन्छ! सबैभन्दा माथि स्वर्गमा हुनुहुने परमेश्वरको जयजयकार होस्!”