मत्ती 20:1-7

मत्ती 20:1-7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो। खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो। “जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो, र उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो। उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’ “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:1-7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“स्वर्गको राज्य एक जना जमिनको मालिकजस्तै हो, जो आफ्ना दाखबारीका लागि खेतालाहरू खोज्न बिहानै निस्क्यो। तिनीहरूलाई दिनको एक दिनार ज्याला दिन राजी भयो, र तिनीहरूलाई दाखबारीमा काम गर्न पठायो। “करिब बिहान नौ बजेतिर तिनी बाहिर गयो, र बजारमा कतिलाई केही नगरी उभिरहेका देख्यो। उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर; अनि जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु।’ अनि तिनीहरू गए। “ऊ फेरि दिउँसो बाह्र बजेतिर र करिब दिउँसोको तीन बजेतिर बाहिर गयो; अनि त्यसै गर्‍यो। अनि बेलुकाको पाँच बजेतिर ऊ बाहिर गयो, र अझ अरूलाई त्यसै उभिरहेका देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘तिमीहरू यहाँ केही नगरी किन दिनभरि उभिरहेका छौ?’ “तिनीहरूले जवाफ दिए, ‘हामीलाई कसैले काममा लगाएनन्।’ “उसले तिनीहरूलाई भन्यो, ‘तिमीहरू पनि गएर मेरो दाखबारीमा काम गर।’

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:1-7 पवित्र बाइबल (NERV)

“स्वर्गको राज्य एउटा जमीनको मालिक जस्तो हो जसको दाखबारी छ। एक बिहान सबेरै आफ्नो दाखबारीमा ज्यालामा काम गराउन खेतालाहरूको खोजी गर्यो। उसले एक दिनको ज्याला चाँदीको एक सिक्क दिने बन्दोबस्त गरी खेतालाहरूलाई दाखबरीमा काम गर्न पठायो। “प्राय नौ बजेतिर बजार गर्न भनी ऊ बाहिर गयो उसले केही मानिसहरू उभिरहेको देख्यो अनि तिनीहरूलाई सोध्यो ‘तिमीहरू मेरो बारीमा गएर काम गर्छौ भने म तिनीहरूलाई उचित ज्याला दिनेछु।’ त्यसपछि तिनीहरू काम गर्नलाई दाखबारीमा गए। “फेरि त्यो मानिस एकपल्ट प्राय बाह्र बजे तिर अर्कोपल्ट तीन बजेतिर बाहिर निस्कियो। दुवैपल्ट तिनले दाखबारीमा काम गर्नलाई ज्याला दिएका खेतालाहरूलाई ल्यायो। फेरि प्रायः पाँच बजे उ बजार गर्न निस्कियो। फेरि केही मानिसहरूलाई केही नगरी त्यसै उभिरहेको देख्यो। उसले तिनीहरूलाई सोध्यो, ‘केही काम नगरी तिमीहरू किन यहाँ बसिरहेका छौ?’ “मानिसहरूले भने, ‘कसैले हामीलाई काममा लाएनन्।’ “उसले भन्यो, ‘त्यसो भए तिमीहरू पनि मेरो दाखबारीमा गएर काम गर्न सक्छौ।’

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्

मत्ती 20:1-7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले भन्‍दैजानुभयो, “परमेश्‍वरको राज्‍य दाख-बारीको धनीको दृष्‍टान्‍तको कथाजस्‍तै छ। एकाबिहानै ती धनी आफ्‍नो दाख-बारीमा काम गर्ने खेतालाहरूलाई खोज्‍न निस्‍के अनि ‘दिनको ज्‍याला चाँदीको एक सिक्‍का दिन्‍छु’ भनेर केही खेतालाहरूलाई काममा लगाए। नौ बजेतिर फेरि बजारमा जाँदा उनले केही मानिसहरूलाई काम नभएर त्‍यसै उभिरहेका देखे। उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ, म तिमीहरूलाई पाउनुपर्ने ज्‍याला दिउँला।’ तिनीहरू काममा गए। त्‍यसपछि उनले बाह्र बजेतिर र फेरि तीन बजेतिर पनि त्‍यसै गरेर अरू मानिसहरूलाई पनि काममा लगाए। फेरि पाँच बजेतिर जाँदा पनि उनले केही मानिसलाई काम नभई त्‍यसै बजारमा उभिरहेका देखे। उनले तिनीहरूलाई सोधे, ‘तिमीहरू यहाँ किन दिनभरि बेकाममा उभिरहेका छौ?’ तिनीहरूले जवाफ दिए, ‘खै हामीलाई कसैले पनि काममा लगाएन।’ तब तिनले भने, ‘त्‍यसो भए तिमीहरू पनि मेरो दाख-बारीमा काम गर्न जाओ न त।’

शेयर गर्नुहोस्
मत्ती 20 पढ्नुहोस्