मत्ती 2:13
मत्ती 2:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू गएपछि, परमप्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परे र तिनले यसो भने, “उठ, साना बालक र उहाँकी आमालाई साथ लिई मिश्रदेशमा भागिहाल, र तिमीलाई मैले नभनेसम्म त्यहीँ बस। किनकि, हेरोदले बालकलाई मार्न उहाँको खोजी गर्न लागेको छ।”
मत्ती 2:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनीहरू गइसकेपछि प्रभुका एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीँ बस। किनकि हेरोदले बालकलाई मार्नका लागि खोज्नेछ।”
मत्ती 2:13 पवित्र बाइबल (NERV)
ज्योतिषीहरू गएपछि, परमप्रभुको एउटा दूत सपनामा यूसुफकहाँ देखा परे। दूतले भने, “उठ, साना बालक र उहाँकी आमालाई साथमा लिएर मिश्रदेशमा जाऊ। हेरोदले साना बालकहरूलाई खोज्न लागिरहेकोछ। उसले सानो बालकलाई मार्न चाहन्छ। मैले नभनेसम्म तिमी त्यही बस्नु।”
मत्ती 2:13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
ती ज्योतिषीहरू गइसकेपछि योसेफले सपनामा प्रभु परमेश्वरका स्वर्गदूतलाई देखे र स्वर्गदूतले उनलाई भने, “तुरुन्तै आमा-छोरालाई लिएर मिश्रदेशतिर गइहाल। अनि मैले फर्केर आउनू नभनुञ्जेल तिमीहरू त्यहीँ नै बस्नू किनभने हेरोदले बालकलाई मार्ने विचार गरिरहेको छ।”