मत्ती 19:16-17
मत्ती 19:16-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँकहाँ आएर एक जनाले भने, “हे गुरु, मैले अनन्त जीवन प्राप्त गर्नलाई के असल काम गर्नुपर्छ?” उहाँले तिनलाई भन्नुभयो, “असल के हो त्यस विषयमा तिमी मलाई किन सोध्दछौ? असल त एउटै मात्र हुनुहुन्छ। तर तिमी जीवनमा प्रवेश गर्न इच्छा गर्दछौ भने, आज्ञाहरू पालन गर।”
मत्ती 19:16-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक जना मानिसले येशूकहाँ आएर सोध्यो, “हे गुरु, अनन्त जीवन प्राप्त गर्नलाई मैले के असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल के हो भनी तिमी मलाई किन सोध्छौ? असल त एक जना मात्र हुनुहुन्छ। यदि तिमी जीवनमा प्रवेश गर्न चाहन्छौ भने आज्ञाहरू पालन गर।”
मत्ती 19:16-17 पवित्र बाइबल (NERV)
एउटा मानिस येशूकहाँ आएर सोध्यो, “गुरूज्यू, अनन्त जीवन प्राप्त गर्नका लागि मैले के गर्नु पर्छ?” येशूले जवाफ दिनूभयो, “असल के हो? मलाई किन यसरी सोध्दैछौ? परमेश्वर मात्र असल हुनुहुन्छ। यदि तिमी अनन्त जीवन पाउन चाहन्छौ भने, तिमीले आज्ञाहरू पालन गर्नु पर्दछ।”
मत्ती 19:16-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एकपल्ट एक जना तन्नेरी मानिसले येशूकहाँ आएर सोधे, “गुरुज्यू, अजम्मरी जीवन पाउन मैले कुनचाहिँ असल काम गर्नुपर्छ?” येशूले जवाफ दिनुभयो, “असल कामको बारेमा तिमी किन मलाई सोध्छौ? असल त एउटै मात्र हुनुहुन्छ। तिमीले अजम्मरी जीवन पाउन चाहन्छौ भने परमेश्वरकै व्यवस्था पालन गर।”