मत्ती 18:21-22 - Compare All Versions

मत्ती 18:21-22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब उहाँकहाँ आएर पत्रुसले भने, “प्रभु, मेरो भाइले कति पल्‍ट मेरो विरुद्धमा अपराध गरे मैले त्‍यसलाई क्षमा गर्ने? के सात पल्‍टसम्‍म?” येशूले तिनलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, सात पल्‍ट होइन, तर सत्तरी गुणा सात पल्‍ट।

शेयर गर्नुहोस्
मत्ती 18 NNRV

मत्ती 18:21-22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तब पत्रुसले येशूकहाँ आएर सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गर्दा मैले उसलाई कति पल्ट क्षमा गरूँ? के सात पल्ट?” येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सात गुणा सत्तरी पल्ट।

शेयर गर्नुहोस्
मत्ती 18 NCV

मत्ती 18:21-22 NERV (पवित्र बाइबल)

त्यसपछि पत्रुस येशूकहाँ आएर सोधे, “प्रभु मेरो भाइले मेरो विरोधमा घरिघरि गल्ती गर्दछ, तब मैले कति पटक सम्म उसलाई क्षमा गर्नु? के सातपल्ट सम्म?” येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।”

शेयर गर्नुहोस्
मत्ती 18 NERV

मत्ती 18:21-22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

पत्रुसले येशूलाई सोधे, “प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्यो भने मैले उसलाई कतिपल्‍टसम्‍म माफ दिनुपर्ने हो? सातपल्‍टसम्‍म?” येशूले जवाफ दिनुभयो, “सातपल्‍टसम्‍म मात्र होइन, तर सत्तरी गुणा सातपल्‍टसम्‍म!

शेयर गर्नुहोस्
मत्ती 18 सरल नेपाली